काठमाडौं । नेपाली बजारमा शुक्रवार सुन (Gold) को मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १० हजार २०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी (Silver)को मूल्य स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:११ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार डलर (dollar) पुगेको छ । अघिल्लो कारोबार दिन (बिहीवार) स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार ४ डलरमा बन्द भएको थियो ।
त्यसैगरी, आज डलरको मूल्य पनि घटेको छ । आज १ अमेरिकी डलर (Dollar)को विक्री दर १३१ रुपैयाँ ७४ पैसा कायम भएको छ । अघिल्लो दिन १ अमेरिकी डलर १३१ रूपैयाँ ८७ पैसामा कारोबार भएको थियो ।