मानिसहरूले पृथ्वीको तापक्रम बढाउने र जलवायु परिवर्तन गराउने गर्दा पृथ्वीको चुम्बकीय क्षेत्र नै परिवर्तन भइरहेको नयाँ अध्ययनले देखाएको छ ।
जलवायु परिवर्तनका कारण पृथ्वीको मासमा सन् १९९५ तिरबाट परिवर्तन भएको चिनियाँ अनुसन्धाताहरूले बताएका छन् ।
मासमा परिवर्तन हुँदा चुम्बकीय ध्रुवहरू पूर्वतिर सरेको अनुसन्धाताहरूको भनाइ छ ।
पृथ्वीको चुम्बकीय उत्तरी र दक्षिणी ध्रुव निरन्तर चलायमान भइरहेका छन् र यसलाई पोलर वान्डरिङ भनिन्छ । भौगोलिक उत्तरी र दक्षिणी ध्रुव चाहिँ यथावत अवस्थामा रहन्छन् ।
यस्तो परिवर्तनल...