कतारमा भइरहेको विश्वकप फुटबलमा अम्पायरिङका लागि कुल १२९ जना रेफ्री खटिएका छन्।फाइनल खेलसमेत गरी विश्वकपमा हुने कुल ६४ खेलका लागि फिफाले ३६ जना फिल्ड रेफ्री, ६९ जना सहायक रेफ्री र २४ जना भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) खटाएको हो।फिफाले रेफ्रीका लागि प्रत्येक खेलको पारिश्रमिक राउन्ड वा प्रतियोगिताको आधारमा तय गर्ने गरेको छ। मुख्य रेफ्रीका लागि फिफाले पहिलो चरणको खेलमा ३ हजार, नकआउट चरणका लागि १० हजार र फाइनल म्याचका लागि १० हजार अमेरिकी डलर पारिश्रमिक निर्धारण गरेको छ।मुख्य रेफ्रीले प्र