अर्थतन्त्र सही मार्गमा ल्याउन विभिन्न प्रयत्न थाल्ने अर्थमन्त्रीको प्रतिबद्धता

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग भएको भेटमा उहाँले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील रहेको बताउनुभयो । निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ …

सम्बन्धित सामग्री

‘आर्थिक क्षेत्रमा अब महिलाको सशक्त उपस्थिति हुन्छ’

काठमाडौं।अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक क्षेत्रमा महिलाको सशक्त उपस्थिति हुने विश्वास व्यक्त गरेका छन् । सोमवार काठमाडौंमा महिला आर्थिक पत्रकार संघ (फेजा)को औपचारिक उद्घाटन कार्यक्रममा अर्थमन्त्री महतले आर्थिक पत्रकारितामा बढ्दै गएको महिलाको सक्रियताले आगामी दिनमा आर्थिक क्षेत्रमा महिलाको सशक्त उपस्थिति हुने देखिएको बताएका हुन् । महिला आर्थिक पत्रकारको छुट्टै संघ स्थापना हुँदा यसले संस्थागत क्षमता बढाउने धारणा अर्थमन्त्रीको छ । महिला आर्थिक पत्रकारको छुट्टै संरचनाले आर्थिक पत्रकारिताका साथै महिलामा वित्तीय ज्ञान तथा शीप खारिने विश्वास अर्थमन्त्री महतको छ । थप क्षमतायुक्त महिला आर्थिक पत्रकार उत्पादनमा फेजाले काम गर्नुपर्ने सुझाव उनले दिए । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा महिलाले जे जति काम गरे पनि त्यसलाई आर्थिक पक्षसँग जोडेर हेर्ने प्रवृत्ति नरहेको भन्दै त्यसलाई सुधार गर्न फेजाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । सूचना प्रवाहमा पुरुषको तुलनामा महिलाले परिपक्वता र पारदर्शितामा जोड दिने उनले उल्लेख गरे । आर्थिक पत्रकारितामा महिला पत्रकार संगठित हुँदा यो क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास हमालको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले देशमा पूँजी पलायनको अवस्था बढ्दै गएकाले यसलाई रोकेर देशको अर्थतन्त्र सुधार्न सकिने बताएका छन् । सरकारले अर्थतन्त्र सुधारका लागि धेरै महत्त्वपूर्ण काम गरिरहेको भन्दै उनले त्यस्ता कामलाई प्रोत्साहन हुनेगरी समाचारमा समेट्नुपर्नेमा जोड दिएका छन् । महिला आर्थिक पत्रकारको छुट्टै संघ स्थापना हुँदा यसले संस्थागत क्षमता बढाउने धारणा अर्थमन्त्रीको छ । सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले विगतमा मिडियामा महिलाको संख्या न्यून रहेको अवस्थामा अहिले २५ प्रतिशत महिला पत्रकार रहेको उल्लेख गरिन् । विषयगत महिला आर्थिक पत्रकारको संघ स्थापना हुनु उपलब्धिपूर्ण रहेको भन्दै उनले आगामी दिनमा फेजासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रमाथि समय समयमा प्रहार भइरहेको भन्दै त्यसलाई सही सूचनाले मात्र रोक्न सक्ने बताए । लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले महिलामैत्री रहेको लघुवित्त वित्तीय संस्थाले अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए । महिलाको मुद्दा फरक हुने भएकाले आर्थिक पत्रकारहरूको संघ हुँदा हुँदै पनि महिला आर्थिक पत्रकारको छुट्टै संघ आवश्यक ठानेर महिला आर्थिक पत्रकार संघ गठन गरिएको अध्यक्ष शर्मिला ठकुरीले बताइन् ।  आगामी दिनमा महिला आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका लागि महिलामैत्री कार्यक्रम आयोजना गरिने जानकारी समेत उनले दिइन् ।

अर्थतन्त्र सुधार्न धेरै मेहनत गर्नुपर्छः अर्थमन्त्री पौडेल

नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चुनौतीपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आज अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकारवाला सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाएका हुन् । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतीको कारण खोजेर, […]

अर्थतन्त्र सुधार्न विज्ञसँग छलफल गर्छु, धेरै मेहनत गर्नुपर्छ : मन्त्री पाैडेल

काठमाण्डाै – नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सङ्कटको डिलमा रहेको देशकाे अर्थतन्त्रको चुनौतीलाई समाधान गर्ने बताउनुभएको छ ।  आज सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकारवाला सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले चुनौतीपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतीको कारण ...

छिट्टै तरलता हट्ने अर्थमन्त्रीको दाबी

कास्की, (नेस) । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताउनुभएको छन् । उहाँले उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । ‘उद्योग खोल्न के सुविधा चाहिन्छ, त्यो दिन सरकार तयार छ’, पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘भन्सार छुट चाहियो कि, विद्युत् […]

हरित पूर्वाधारमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हरित पूर्वाधारमा लगानी गर्न बेलायतलाई आह्वान गरेका छन् । बेलायतको संयोजनमा आगामी नोभेम्बर १ देखि १२ सम्म स्कटल्याण्डमा हुने ‘यूएन क्लाइमेट चेन्ज कन्फ्रेन्स’को पूर्वतयारी स्वरूप बुधवार आयोजित भर्चुअल छलफललाई सम्बोधन गर्दै लगानी बोर्डका उपाध्यक्ष समेत रहेका शर्माले नेपालको हरित पूर्वाधारमा लगानी गरी लाभान्वित हुन आह्वान गरेका हुन् । नेपालमा उत्पादित स्वच्छ तथा नवीकरणीय ऊर्जाको निर्यातले छिमेकी मुलुकको कार्बनको भार समेत कटौती गर्न समेत सहयोग पुग्ने अर्थमन्त्री शर्माले बताए । सन् २०३० सम्ममा उच्च मध्यम आय भएको राष्ट्रको स्तरमा पुग्ने नेपालको लक्ष्यमा सघाउन बेलायती लगानीकर्तालाई उनले अनुरोध गरे । नेपाल सरकारको तर्फबाट सम्पूर्ण सहयोग तथा सहजीकरण रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । लगानी बोर्डको कार्यालय, बेलायतस्थित नेपाली दूतावास  र बेलायत सरकारको अन्तरराष्ट्रिय व्यापार विभागको सहकार्यमा यो कार्यक्रम आयोजना भएको थियो । सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ऊर्जाक्षेत्रमा नेपालमा रहेको अपार सम्भावनाको उपयोग गर्न नेपाल र बेलायतका लगानीकर्तालाई आग्रह गरे । सो क्षेत्रमा वैदेशिक एवं हरित लगानी आकर्षण तथा प्रवद्र्धन गर्न लगानी बोर्डको कार्यालय कटिबद्ध रहेको उनले बताए । नवीकरणीय ऊर्जाको विकासका लागि नेपाल सरकारले नीति तथा कानूनको समयानुकूल सुधार गरी लगानीका लागि अनुकुल वातावरण तयार पारेको उनको भनाइ थियो । भर्चुअल छलफलका क्रममा पेरिस सम्झौताको भावना अनुसार कार्बन उत्सर्जन न्यूनीकरण गरी हरित र दिगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजीक्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्य हुने समझदारी समेत जुटेको छ ।

परिणामुखी काम गर्न नवनियुक्त सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त सचिवहरूलाई स्वागत गर्न आइतवार अर्थ मन्त्रालयमा आयोजित स्वागत समारोहमा मन्त्री शर्माले मन्त्रालय अन्तर्गतका तीन जना सचिवहरूको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट कार्यसम्पादन गर्न भनेका हुन् । मन्त्री शर्माले यसअघि आपूmले राजस्व वृद्धि, भन्सार, सावजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आपूmले माग गरेका योजनाहरू यथाशक्य चाँडो पेश गर्न समेत निर्देशनसमेत उनले दिए । वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समुचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका नवनियुक्त सचिवहरूबाट आआप्mनो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास मन्त्री शर्माको थियो । समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरूमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरूले काम गरेको ठहर्ने भएकाले सोहीअनुसार खटिनुपर्नेमा जोड दिए । उनले राजस्व वृद्धि, पूँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता औंल्याउँदै सचिव मरासिनीले संविधानको भावना र वर्तमान सरकारको भिजनअनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरूमा रहेको बताए । नवनियुक्त राजस्व सचिव कृष्णहरि पुष्कर कर्णले ब्युरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयहरूले समेत स्वामित्व महसूस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजस्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’ भन्दा ‘होम ग्रोन ट्रेन्ड’ का आधारमा काम गरिने बताए । नवनियुक्त महालेखा नियन्त्रक सुमनराज अर्यालले नीतिगत सुधार व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाए । उनले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महŒवपूर्ण रहेकोमा जोड दिँदै त्यसका लागि आफ्नो तर्फबाट सक्दो योगदान हुने विश्वास दिलाए ।

साझा विकास रणनीति तय गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले साझा विकास रणनीति तय गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आइतवार आयोजित एक समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सबै पक्षहरूबीच व्यापक बहस गरेर दशवर्षे साझा विकास रणनीति तय गर्नुपर्ने बताएका हुन् । देश विकास सबैको साझा एजेण्डा भएकाले संविधानमा उल्लेख गरिएबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी विकास रणनीति तय गर्नुपर्ने धारणा अर्थमन्त्री शर्माले व्यक्त गरे । नेपालको सन्दर्भमा ‘प्रगतिशील पूँजीवाद’को अवधारणाअनुसार विकास रणनीति तय गर्नुपर्ने उनको भनाइ छ । मजबुत अर्थतन्त्र निर्माणका लागि संरचनागत सबलीकरण अहिलेको आवश्यकता रहेको भन्दै उनले गहन अध्ययन अनुसन्धानका लागि अर्थ मन्त्रालयमा उपयुक्त संयन्त्र निर्माण गरिने बताए । निजीक्षेत्रसँगको सहकार्य अझै उन्नत किसिमको हुने भन्दै मन्त्री शर्माले उत्पादनमुखी क्षेत्रमा ध्यान दिन आग्रह गरे । ‘उपलब्ध स्रोत साधनको भरपूर उपयोग गर्ने, छरिएको पूँजी एकीकृत गर्ने, वित्तीय संघीयता लागू गर्ने र सामाजिक न्याय स्थापित गर्ने काममा सरकारको ध्यान जानेछ,’ उनले भने । कोभिडबाट थलिएको अर्थतन्त्र उकास्न अति प्रभावितहरूलाई राहत दिने, उत्पादन क्षेत्रमा लगानी बढाउने, पारदर्शिता र सुशासन कायम गर्नेलगायत गतिविधिमा सरकार अघि बढ्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । परिमार्जित बजेट सन्तुलित किसिमको आउने भन्दै उनले प्रधानमन्त्रीको जिल्लामा ५ अर्बको योजना हालेर बाँकीमा रित्तै बनाउने काम आफ्नो तर्फबाट नहुने बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले वार्षिक ३० अर्बभन्दा बढीको चामल आयात गर्ने अवस्थाको अन्त्य नगरेसम्म देश विकास कठिन रहेको बताए । उत्पादनको क्षेत्रमा लगानी बढाएर आयात घटाउनुपर्नेमा उनले जोड दिए । उनका अनुसार अब उत्पादन बढाउने, पूँजीगत खर्च क्षमता बढाउने र लोकतान्त्रिक प्रणाली अनुरूपको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा लाग्नुपर्छ । डा. रिजालले कोभिडबाट प्रभावित बीचको वर्गलाई माथि उठाउने खालको कार्यक्रममा जोड दिनुपर्ने बताए । एमाले सांसद विमला राई पौडेलले कोभिडबाट अनौपचारिक क्षेत्रमा काम गर्ने जनशक्ति र त्यसमा पनि महिलाहरू बढी प्रभावित भएको भन्दै उनीहरूका लागि राहतमुखी कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइन् । महिलाको स्वामित्वमा खुलेका उद्योगलाई विशेष महत्त्वका साथ राहत उपलब्ध गराउन जरुरी रहेको उनले बताइन् । अघिल्लो सरकारले २ वर्षअघि बसालेको अर्थतन्त्रको जग नबिगारेर अघि बढ्न नयाँ सरकारलाई उनले आग्रह गरिन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको निजीक्षेत्रले उत्पादकत्व वृद्धि गर्ने क्षेत्रमा लगानी गर्न नसकेको स्वीकार गर्दै त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्ने बताए । स्वदेशी उत्पादन नबढाई पूँजी निर्माण हुन नसकिने यथार्थ मनन गरेर उद्योग वाणिज्य महासंघले ‘नेट २०३०’ नामक भिजन पेपर तयार गरेको जानकारी उनले दिए । प्रदेश नं २ का योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले विकास आयोजनाहरूमा बजेट विनियोजन गर्ने, तर प्रभावकारी अनुगमन र मूल्यांकन नगर्ने परिपाटीले देश विकासमा नकारात्मक असर गरेको टिप्पणी गरे । प्रदेशको मुख्यमन्त्रीभन्दा जिल्ला प्रशासन कार्यालयको सीडीओ शक्तिशाली हुने खालको संघीयताले विकास हुन नसक्ने उनको भनाइ छ । प्रदेश २ मा विकास खर्चतर्फ ५४ प्रतिशत र चालू खर्चतर्फ ४६ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिँदै झाले त्यहाँ पनि पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको उल्लेख गरे ।

‘मेक इन नेपाल स्वदेशी’ अभियानलाई कार्यान्वयनमा लैजाने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी’ अभियान कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा अर्थमन्त्री शर्माले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै रहेको जिकिर गर्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ र सपोर्ट रहने बताए ।  ‘मैले मन्त्री