ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ

काठमाडौं : ब्राजिलको नयाँ राष्ट्रपतिमा  लुला इनासियो लुला दा सिल्भाले शपथ लिएका छन्। उनी तेस्रोपटक देशको सर्वोच्च पदमा पुगेका हुन्।आइतबार कार्यभार सम्हालेका लुलाले जइर बोल्सोनारोको लोकतन्त्र बिरोधी कदमको निन्दा गरे। उनले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोको लोकतन्त्र विरोधी चुनौतीको आलोचना गर्दै दक्षिण पन्थी बोल्सोनारोलाई अभियोजन गर्न र भोकमरी, गरिबी र जातीयवादले ग्रसित ब्राजिललाई उद्धार गर्न एउटा कठोर परिवर्तनको कदम लिने बाचा गरेका छन्।हालै सम्पन्न निर्वाचनमा पराजित भएपछि गत शुक्रबार बोल

सम्बन्धित सामग्री

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जरदारीद्वारा शपथ ग्रहण

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारीले आइतबार शपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उहाँले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको हो । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराउँनु भएको हो । उक्त समारोहमा निवर्तमान राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज शरीफ, सशस्त्र …

राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत बिहीबार राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबार शपथ लिएका हुन् । शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई […] The post राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म्यानमार र मलेसियाका लागि नेपाली राजदूतले राष्ट्रपति भण्डारीसमक्ष लिए शपथ

काठमाडौं, २७ भदौ । म्यानमार र मलेसियाका लागि नेपाली राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका छन् । म्‍यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति भण्डारीसमक्ष आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

राष्ट्रपति भण्डारीसमक्ष दुई राजदूतले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा.डा ज्योति प्याकुरेल (भण्डारी) ले शपथ तथा गोपनीयताको शपथ लिएका छन्।...

राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिइन्

९ साउन, काठमाडौं । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनीयताको शपथ लिएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति हुन् ।

राष्ट्रपति मुर्मूले लिइन् शपथ

काठमाडौँ । भारतको राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानन्यायाधीश एनभी रमानाले आज (सोमबार) आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथ समारोहमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित थिए । कार्यक्रममा मुर्मूको गृहराज्य ओडिसाका […]

चार देशका राजदूतले लिए राष्ट्रपति भण्डारीसमक्ष  शपथ

काठमाडौं : विभिन्न ४ देशका लागि नियुक्त राजदूतले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाल, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति भण्डारीसमक्ष नेपालका लागि नव

महान्यायाधिवक्ता शपथ ग्रहणबारे राष्ट्रपति कार्यालयको स्पष्टोक्ति

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण राष्ट्रपति कार्यालयमा नभएको बारे राष्ट्रपति कार्यालयले स्पष्ट पारेको छ। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेसँगै शुक्रवार महान्यायाधिवक्ता खातीले पद तथा गोपनीयताको शपथ सर्वोच्च अदालतमा लिएका थिए। तर विगतमा भएजस्तै यसपालि राष्ट्रपति कार्यालयमा शपथ ग्रहण नभएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि […]