नेपाल बार एशोसिएशनले बारको आन्दोलनमा भएको आक्रमण र आगामी कार्यक्रममा अनुगमन गर्न मानवअधिकारवादी संघसंस्थालाई आह्वान गरेको छ ।
बिहीवार पत्रकार सम्मेलन गर्दै बारले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा अदालतलाई युद्ध मैदानजस्तो बनाइएकाले मानवअधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई आक्रमणको अनुसन्धान र आगामी कार्यक्रमको अनुगमन गर्न आह्वान गरेको छ ।
बारले शुक्रवारदेखि अदालत परिसरबाट प्रहरी हटाउन गृह मन्त्रालय र सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षण पनि गराएको छ । बारले कुनै पनि कानून व्यवसायी...