काठमाडौँ- मौद्रिक नीति २०७९/८० जारी भएको छ । राष्ट्र बैंकले मूल्यमा परेको चाप तथा बढ्दो शोधनान्तर घाटा लगायतलाई केन्द्रमा राखेर राखेर मौद्रिक नीति सार्वजनिक गरिएको हो ।
काठमाडौं । केही व्यवसायीले ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरणको सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले पुनर्तालिकीकरण सुविधा दिएको थियो । आज राष्ट्रि बैंकले थप प्रस्ट्याइएको छ । ‘मौद्रिक नीति (२०७९/८०) को तेस्रो त्रैमासिक समीक्षाबमोजिम जेठ ३ मा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बजारलाई चलायमान बनाउन निक्षेपस“गै कर्जाको ब्याजदर पनि घटनुपर्ने व्यवस्थासहित ऋणको पुर्नसंरचना एवम् पुर्नतालिकीकरण तथा पुर्नकर्जा सुविधा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकस“ग आग्रह गरेको छ । महासंघको तर्फबाट नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति २०७९/८० को चौथो त्रैमासिक समिक्षाका लागि सुझाव प्रस्तुत गर्दै अध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले निक्षेपको ब्याजदर घटेस“गै तत्काल […]
२८ मंसिर, काठमाडौं । इजाजत प्राप्त वाणिज्य बैंकलाई तोकिएको क्षेत्रमा गर्नु पर्ने न्यूनतम कर्जा प्रवाहमा नेपाल राष्ट्र बैंकले सहुलियत प्रदान गरेको छ । मौद्रिक नीति २०७९/८० को पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले घोषणा गरेका नीति कार्यान्वयन गर्न बुधबार एकीकृत निर्देशिका जारी गरेको छ । सो अनुसार यसअघि २०८२ असारसम्म कुषि क्षेत्रमा प्रवाह गर्नुपर्ने भनी […]
२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको नयाँ स्प्रेड दर (निक्षेप र ऋणमा दिने ब्याजको अन्तर) आगामी चैतदेखि कार्यान्वयनमा आउने भएको छ । मौद्रिक नीति २०७९/८० को पहिलो त्रैमासिक समीक्षामार्फत ल्याइएका नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गरेको छ । जसमा तोकिएको नयाँ स्प्रेडदर लागु गर्ने मिति नै तय गरिएको […]
नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउन केन्द्रित भएको भन्दै मौद्रिक नीति २०७९/८० को स्वागत गरेको छ । महासंघले लामो समयदेखि स्वदेशी वस्तुको प्रवद्र्धन र विकासका लागि बहस पैरवी गर्दै आएको छ ।स्वदेशी वस्तुको प्रवद्र्धन र विकासका लागि बहस पैरवी गर्दै आएको परिप्रेक्ष्यमा महासंघको माग सम्बोधन हुने गरी स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने विशेषता लिएको मौद्रिक नीति २०७९÷८० लाई सकारात्मक रुपमा लिएको महासंघले जनाएको छ ।कोभिड–१९ महामारीबाट प्रभावित लघु, घरेलु, साना उद्यम र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिई सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई निरन्तरता दिनु मौद्रिक नीतिका सकारात्मक पक्ष भएको महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बताए ।लघु, घरेलु तथा साना र मध्यम उद्यमहरुको लागि कर्जा पहुँच बढाई कर्जाको अधिकेन्द्रीकरण क्रमशः कम गर्नेतर्फ मौद्रिक नीतिले जोड दिनु, बैंक तथा वित्तीय संस्थाबाट अधिकतम पाँच करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिनु मौद्रिक नीतिको राम्रो पक्ष भएको अध्यक्ष सिंहको भनाई छ ।बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारीत उत्पादनमूलक उद्योगका लागि दुई करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम दुई प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिनु जस्ता व्यवस्थाले स्वदेशी उद्योगको प्रवद्र्धन र विकासमा सहयोग पुग्ने देखिएको महासंघको ठहर छ ।मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व अभिबृद्धि मार्फत आयात प्रतिस्थापन गर्दै निर्यात अभिबृद्धि गरी आर्थिक बृद्धिलाई सहयोग पु¥याउने कार्यदिशा सहितको आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिले विगतको मौद्रिक नीतिले अवलम्बन गरेका सकारात्मक व्यवस्थाहरुलाई निरन्तरता दिनु स्वागतयोग्य भएको महासंघले जनाएको छ ।समग्रमा मौद्रिक नीति ठिकै भएपनि कोभिड पीडित उद्योगको पक्षमा ब्याज छुट लगायत जुन रुपमा सम्बोधन हुने अपेक्षा गरिएको थियो त्यसो हुन नसकेकोमा पीडित उद्योगीहरु केही निराश भएको भन्दै महासंघले यसतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
मुलुकको अर्थतन्त्र असहज स्थितिमा रहेको भन्दै सार्वजनिक भाषणमै संकुचनात्मक मौद्रिक नीति आउने संकेत गरिरहेका गभर्नरले चालू आर्थिक वर्ष २०७९/८० का लागि संकुचनात्मक मौद्रिक नीति सार्वजनिक गरेका छन् । सरकारले बजेट पेस गरेपछि नेपाल राष्ट्र बैंक (एनआरबी) मौद्रिक नीति ल्याउने अघिल्लो परम्परालाई जस्तै २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका छन् ।मौद्रिक नीति भनेको त्यो प्रक्रिया हो […]
काठमाडौं, साउन ७ । अर्थतन्त्र सहज अवस्थामा नभएको भन्दै सार्वजनिक भाषणमै कसिलो मौद्रिक नीति आउने संकेत गरिरहेका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालू आर्थिक वर्ष २०७९/८० का लागि कसिलो मौद्रिक नीति सार्वजनिक गरेका छन् । कोभिड महामारीको प्रभावमा परेको अर्थतन्त्र पुनरुत्थानका लागि भन्दै विगतका दुई ओटा आर्थिक वर्षमा लचिलो तथा विस्तारकारी नीति ल्याएर प्रशंसा बटुलेका गभर्नरले […]
६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थालाई यसअघि दिइएको छूट तथा सुविधा उपलब्ध गराउने भएको छ । मौद्रिक नीति २०७९/८० मार्फत नेपाल राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो । आफ्नै वर्ग भत्र गाभिइ वा प्राप्तिमा गई पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन […]