नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित उपचारका लागि बैंकक प्रस्थान गरेका छन्। मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने भएपनि आज मात्रै उनी त्यसतर्फ लागेका हुन् ।