नेपाली कांग्रेस अहिले चौधौं महाधिवेशनको प्रक्रियामा जुटेको छ । सैद्धान्तिक रूपमा महाधिवेशनको अर्थ नबुझ्ने त कोही नहोला, तर यक्षप्रश्न हामीले महाधिवेशनमार्फत पार्टीले अवलम्बन गरेका सिद्धान्त, त्यस सिद्धान्तअनुरूप नीति तथा नेतृत्व र नीतिअनुरूपका कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने सुनिश्चितता दिन सक्यौं कि सकेनौं भन्ने हो ।