आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयले मतदान अधिकृत साहले रुखमा धमाधम छाप हाल्दै गरेको अवस्थामा पक्राउ गरेको जानकारी दिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारीका अनुसार साहले रुख छापमा नै मतदान गर्न भनेर मतदातालाई सिकाइरहेको आरोप लागेपछि त्यहाँ विवाद उत्पन्न भएको हो।
विवाद उत्पन्न भएपछि उनलाई प्रहरीले सुरक्षा दिएको तथा अवरुद्ध भएको मतदानसमेत सुचारू भइसकेको छ । उक्त विषयमा निर्वाचन छानबिन गर्ने आयोगले बताएको छ ।