निषेधाज्ञाको अवज्ञा गरी चलाइएका एक हजार ३५९ सवारीसाधन नियन्त्रणमा

काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका एक हजार ३५९ वटा सवारीसाधनलाई सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये ६२० वटा दुई पाङग्रे, ८५ वटा चारपाङग्रे, १० वटा ट्याक्सी र ४० वटा अन्य सवारीसाधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारीसाधनलाई बेलुकी मात्र छाडिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

सम्बन्धित सामग्री

निषेधाज्ञको अवज्ञा गर्ने ३ हजार ५५७ वटा सवारी साधन नियन्त्रणमा

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चौबीस घण्टामा निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ३ हजार ५५७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिइएकामध्ये १ हजार ३७ वटा गाडी र २ हजार ५२० वटा मोटरसाइकल रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।निषेधाज्ञा जारी गरिएका स्थानमा प्रहरीले अत्यावश्यक सेवा तथा पास भएकाबाहेक अन्यलाई निषेध गरिएको छ।

कैलालीमा निषेधाज्ञाको अवज्ञा गर्ने ४ बस चालकलाई तिराइयो ६-६ हजार जरिवाना

कैलालीमा जारी निषेधाज्ञाको अवज्ञा गरेर संचालन भएका ४ वटा बसका चालकलाई ६–६ हजार जरिवाना तिराइएको छ।

निषेधाज्ञा उल्लंघन गर्ने ७ हजार ८०५ जना होल्डमा

काठमाडौं। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने सात हजार ८०५ जनालाई प्रहरीले आज होल्डमा राखी सम्झाई बुझाई छोडेको छ। सोही क्रममा निषेधाज्ञाको अवज्ञा गर्ने एक हजार १३० वटा गाडी र एक हजार ९७३ वटा मोटरसाइकल गरी तीन हजार १०३ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निषेधाज्ञा अवज्ञा गर्ने ३ हजार ८०७ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं। नेपाल प्रहरीले निषेधाज्ञा अवज्ञा गर्ने ३ हजार ८ सय ७ वटा सवारी साधनलाई आज नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारी साधनमा १ हजार २७७ वटा गाडी र २ हजार ५३० वटा मोटरसाइकल रहेका छन्। यस्तै, विभिन्न जिल्लामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ९ हजार ८५२ जनालाई होल्डमा राखी सम्झाइबुझाइ छाडिएको प्रहरीले जनाएको छ।

निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २ हजार ७४ सवारीसाधन नियन्त्रणमा

काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २ हजार ७४ वटा सवारीसाधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सोमबार नियन्त्रणमा लिइएको जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये १ हजार ४२६ वटा दुई पाङग्रे, ५२७ वटा चारपाङग्रे र १२१ वटा ठूला सवारीसाधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारीसाधनलाई अब कार्वाही गरेर मात्रै छाडिने ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यकामा ३ हजार ७ सयभन्दा बढी मानिस नियन्त्रणमा

काठमाडौं। निषेधाज्ञा अवज्ञा गर्दै अत्यावश्यक कामबाहेक हिडडुल गर्ने ३ हजार ७ सय २४ जना मानिसलाई प्रहरीले शनिबार नियन्त्रणमा लिई सम्झाएर छाडेको छ। काठमाडौंबाट १ हजार ६७९ जना, ललितपुरबाट १ हजार ८५२ जना र भक्तपुरबाट १९३ जनालाई नियन्त्रणमा लिई सम्झाएर छाडेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

निषेधाज्ञा अवज्ञा गर्ने दुई हजार ९८ वटा सवारीसाधन होल्डमा

काठमाडौं। ट्राफिक प्रहरीले शनिबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २ हजार ९८ ओटा सवारीसाधनलाई होल्डमा राखिएको जनाएको छ। होल्डमा राखिएकामा १ हजार ६ सय ९ ओटा दुई पाङग्रे, ४०३ ओटा चार पाङग्रे र ८६ ओटा ठूला सवारीसाधन रहेका छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

निषेधाज्ञा अवज्ञा गर्ने २ हजार ३९ ओटा सवारी साधनलाई होल्डमा राखियो

काठमाडौं। निषेधाज्ञाको अवज्ञा गर्ने २ हजार ३९ वटा सवारी साधनलाई होल्डमा राखिएको ट्राफिक प्रहरीले जनाएको छ। होल्डमा राखिएकामध्ये १ हजार ४८८ वटा २ पाङ्ग्रे, ३७७ वटा चारपाङग्रे र १७४ वटा ठूला सवारी साधन छन्। ती सवारी साधनलाई बेलुकीमात्र छाडिएको थियो। निशेधाज्ञा अवज्ञा गरी काठमाडौ प्रवेश गर्न खोज्ने २० वटा सवारी साधनलाई नागढुङ्गा र ९० वटालाई भक्तपुर नाकाबाट प्रहरीले फिर्ता पठाइएकोछ।

निषेधाज्ञा नटेर्ने दुई हजार ३९ गाडी नियन्त्रणमा

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्ने दुई हजारभन्दा धेरै गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरीले बिहीवार निषेधाज्ञा नटेर्ने दुई हजार ३९ गाडी नियन्त्रणमा लिइएको जनाएको छ । दुई पाङ्ग्रे एक हजार चार सय ८८ वटा र चार पाङ्ग्रे पाँच सय ५१ वटा गाडीलाई नियन्त्रणमा लिएर छाडिएको प्रहरीले जनाएको छ । सरकारले तोकेका मापदण्ड बाहिरका गाडी नचलाउन पनि प्रहरीले आग्रह गरेको छ ।

निषेधाज्ञाको अवज्ञा गर्ने सुर्खेतका १ हजार ७८ जना कारबाहीमा

१६ वैशाख, सुर्खेत । निषेधाज्ञाका बेला अनावश्यक हिँडडुल गर्ने सुर्खेतमा १ हजार ७८ जना कारबाहीमा परेका छन् । बुधबारदेखि लागू निषेधाज्ञाको उल्लंघन गर्दै बिना काम सडकमा निस्किएको आरोपमा १ हजार ७८ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार बुधबारदेखि बिहिबार दिउँसोसम्म निषेधज्ञा अवज्ञा गरि […]