काठमाडौं क्षेत्र नम्बर ८ मा एमाले नेता जीवनराम श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्। सो क्षेत्र एमालेले यसअघि नेकपा माओवादी केन्द्रलाई छाडेको थियो। माओवादी केन्द्रले उमेश स्थापितलाई उम्मेदवार बनाउने निर्णय गर्दै टिकट दिएको थियो। तर माओवादी केन्द्रले सो क्षेत्र एमालेलाई छाड्दै टिकट फिर्ता लिएको माओवादी नेतृ रूपा महर्जनले जानकारी दिइन्। माओवादीका नेता लेखनाथ न्यौपानेले टिकट स्थापितलाई…