२० वर्षसम्म विवाह नगरेका २० किशोरी सम्मानित

कालिकोट- जिल्लाको तिलागुफा नगरपालिकामा २० वर्ष उमेर पुग्दासम्म पनि विवाह नगरी अध्ययनमा लागेका किशोरीहरूलाई सम्मान गरिएको छ। जिल्लामा भइरहेको बाल विवाह न्यूनीकरणका लागि सन्देश दिने उद्देश्यले २० जना किशोरीलाई सम्मान गरिएको हो।  राष्ट्रिय बाल दिवसका अवसरमा तिलागुफा नगरपालिकाको वडा नम्बर ६ ले २० वर्ष पूरा भएर नियमित विद्यालय आएर अध्ययन गर्ने किशोरीहरूलाई सम्मान गरिएको वडाध्यक्ष […]

सम्बन्धित सामग्री

उमेर नपुग्दै आमा बन्दै किशोरी

नेपालको मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ। तर व्यवहारमा लागू छैन। कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको संख्या उल्लेखनीय रुपमा घट्न सकेको छैन।

बाल क्लबका प्रहरीले रोक्यो बालविवाह

खोटाङ– खोटाङमा प्रहरीले बालविवाह रोकेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १७ वर्षीय किशोरी र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २२ वर्षीय युवाबीच हुन लागेको विवाह रोकिएको हो । स्थानीय बाल क्लबले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो ।  अन्तर्राष्ट्रिय महिला दिवस […]

बालविवाह नरोकिनुमा अभिभावक नै जिम्मेवार

जुम्ला : उमेर नपुग्दै हुने विवाह नघट्दा एकातिर बालबालिकाको भविष्य अन्योल बन्ने गरेको छ भने अर्कातिर किशोरकिशोरी घरेलु हिंसाको शिकार हुँदै आएका छन्।अझै हेर्ने हो भने जुम्लाको शहर क्षेत्रभन्दा ग्रामीण क्षेत्रका धेरै किशोरी कक्षा ९ मा पढ्दै बिहे गरेर गर्भपरीक्षण गराउन आएको पाइन्छ। जुम्लाका धेरै किशोरी २० वर्ष नपुग्दै दुई सन्तानकी आमा बनिसकेको पाइन्छ।तर बालविवाह कति प्रतिशत भएको छ भन्ने तथ्याङ्क भने छैन। गाउँमा स्थानीय सरकार छ, झन् वडा सरकार पनि  छ तर बालविवाह रोक्न कुनै चासो छैन। पढ्नेलेख्ने उ

उमेर नपुग्दै विवाह : किशोरावस्थामै गर्भपतन

सुर्खेत – कर्णाली प्रदेशमा तुलनात्मक रुपमा गर्भपतन गराउनेमध्ये २० वर्षभन्दा कम उमेरका किशोरी धेरै रहेको पाइएको छ। कम उमेरमा गर्भवती हुनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हो अझ गर्भपतन गराउन झनै जोखिम हुने चिकित्सकहरु बताउँछन्। पछिल्लो दुई वर्षको तथ्यांकअनुसार सुर्खेतमा गर्भपतन गर्ने २० वर्ष मुनिका किशोरीहको संख्याले यस्तो डरलाग्दो दृश्य देखाएको हो। आर्थिक वर्ष २०७७/०७८ मा गर्भपतन […]

दुर्गम क्षेत्रका किशोरी १५ वर्षमै आमा बन्दै

मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ । यस्तो विवाह गरे–गराइए सजाय हुने र विवाह पनि स्वत खारेज हुने व्यवस्था पनि छ । तर यति हुँदाहुँदै पनि जुम्लाका विशेषगरी दुर्गम क्षेत्रमा बालविवाह गर्नेको संख्या र अवस्था चिन्ताजनक देखिएको छ ।जुम्लाको पातारासी गाउँपालिकामा बालविवाह गर्नेको संख्या ह्वातै बढेको पाइन्छ । पातारासी ४ मा पर्ने डिल्लीचौर स्वास्थ्य चौकीको तथ्यांक केलाउँदा १२ जना किशोरीहरु १५ वर्षमै आमा बन्दै छन । चालु आर्थिक वर्षको तथ्यां

लमजुङमा उमेर नपुग्दै आमा बन्ने बढे, १५ वर्षका किशोरी आमा

लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवा लिने महिलाहरूको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै बिहे गर्ने र कम उमेरमै सन्तान जन्माउने किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको पाइएको हो । महिलाले २० वर्ष पुगेपछि मात्र विवाह पाइने कानुनी व्यवस्था छ। विगतमा नबुझेर बालविवाह हुने गरेकोमा पछिल्लो समय जान्ने बुझ्नेहरूले नै उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाहको यकिन तथ्याङ्क नभए पनि कम उमेरमै आमा हुने क

बालविवाह न्यूनीकरणका लागि ११ बुँदे बेनी घोषणापत्र जारी

म्याग्दी - बालविवाह न्यूनीकरण गर्न म्याग्दीमा जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ । ३२ औं अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा बालविवाह रोक्ने उद्देश्यले किशोरी सम्मेलन गरिएको हो । सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्ने, किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षालगायत विषय समेटिएको ११ बुँदे बेनी घोषणापत्र जारी गरेको सङ्गम म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताउनुभयो । किशोरावस्थामा विवाह गर्दाका असर बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने, उमेर नपुगी हुन ल...

२० वर्ष नपुग्दै बिहे अनि गर्भवती !

नेपालमा २० वर्षमुनिका किशोर–किशोरी र बालबालिकाको विवाह कानुनी रूपमा बर्जित छ । तर, जिल्लामा २० वर्ष उमेर नपुग्दै गर्भवती भएका विवाहित किशोरी र बालिकाको संख्याले समाजमा झाँगिएको बालविवाह र कलिलै उमेरमा भइरहेको गर्भाधारणको निकै जोखिमपूर्ण अवस्था छर्लंङ्ग बनाएको छ ।

लकडाउनपछि भागेर विवाह गर्नेहरूको संख्या बढ्यो, रोकिएन बालविवाह

कानुनअनुसार उमेर नपुगी विवाह गर्ने तथा गराउनेलाई कैद सजाय जरिवानाको व्यवस्था गरिए पनि बालविवाह रोकिएको छैन । कानुनले २० वर्ष उमेर नपुुगी गरिएको विवाहलाई वैधानिकता दिएको छैन । बालबालिका खोजतलास केन्द्रका प्रमुख रुद्रकुमार गिरीको अनुभवमा फेसबुकमा चिनजान भएपछि केटा र केटी विवाहका लागि भाग्ने तथा अभिभावकले हराए भनेर उजुरी गर्ने क्रम कोरोना महामारीमा भएको बन्दाबन्दीपछि बढेको छ । गत कात्तिकमा भएको काठमाडौँकै घटना सुनाउँदै उनले भने, “काठमाडौँ पशुपति आसपासकै १४ वर्षीया जुम्लिया किशोरी एकै पटक हराएक...

लमजुङमा २० वर्ष नपुग्दै १६ प्रतिशत किशोरी आमा बने

जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको संख्या  पनि बढेको छ । कानुनमा २० वर्षअघि विवाह गर्न