लकडाउनपछि भागेर विवाह गर्नेहरूको संख्या बढ्यो, रोकिएन बालविवाह

 कानुनअनुसार उमेर नपुगी विवाह गर्ने तथा गराउनेलाई कैद सजाय जरिवानाको व्यवस्था गरिए पनि बालविवाह रोकिएको छैन । कानुनले २० वर्ष उमेर नपुुगी गरिएको विवाहलाई वैधानिकता दिएको छैन । बालबालिका खोजतलास केन्द्रका प्रमुख रुद्रकुमार गिरीको अनुभवमा फेसबुकमा चिनजान भएपछि केटा र केटी विवाहका लागि भाग्ने तथा अभिभावकले हराए भनेर उजुरी गर्ने क्रम कोरोना महामारीमा भएको बन्दाबन्दीपछि बढेको छ । गत कात्तिकमा भएको काठमाडौँकै घटना सुनाउँदै उनले भने, “काठमाडौँ पशुपति आसपासकै १४ वर्षीया जुम्लिया किशोरी एकै पटक हराएक...