मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ । यस्तो विवाह गरे–गराइए सजाय हुने र विवाह पनि स्वत खारेज हुने व्यवस्था पनि छ । तर यति हुँदाहुँदै पनि जुम्लाका विशेषगरी दुर्गम क्षेत्रमा बालविवाह गर्नेको संख्या र अवस्था चिन्ताजनक देखिएको छ ।जुम्लाको पातारासी गाउँपालिकामा बालविवाह गर्नेको संख्या ह्वातै बढेको पाइन्छ । पातारासी ४ मा पर्ने डिल्लीचौर स्वास्थ्य चौकीको तथ्यांक केलाउँदा १२ जना किशोरीहरु १५ वर्षमै आमा बन्दै छन । चालु आर्थिक वर्षको तथ्यां