लन्डन । नेपाल र नेपालीमाझ लोकप्रिय बन्दै आएको लप्सीको अचार बेलायतमा भएको एक प्रतियोगितामा समेत उत्कृष्ट बन्न सफल भएको छ । करिब चार वर्ष अघिदेखि बेलायतमा नेपाली खाद्य सामग्रीहरू आपूर्ति गर्दै आएको र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै आएको नेपाल फुड्स प्रा लि द्वारा उत्पादन तथा वितरण हुँदै आएको ‘हट एण्ड स्वीट लप्सी पिकल’ ले ‘गिल्ड अफ फाइन फुड’ द्वारा बेलायतमा आयोजना गरिएको प्रतियोगितामा ‘ग्रेट टेष्ट २०२१’ को वान स्टार उपाधि हात पारेक