उपसभामुखको दाैडबाट लाेसपा ‘ब्याक’, एमालेले विद्या भट्टराईलाई उठाउने

काठमाडौं : संसद्‌को प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईलाई अघि सार्ने भएको छ।लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई समर्थन गर्नेबारे छलफल भए पनि लोसपाले उम्मेदवारी नदिने अवस्था बनेकाले आफैँ उम्मेदवारी दिन लागेको संसदीय दलका उपनेता सुवास नेम्वाङले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘हामीले उहाँहरूलाई समर्थन गर्ने भनेका थियौँ। तर उहाँहरू उम्मेदवारी दिन्छु नै भन्न आउनुभएन। त्यसैले हामीले आफैँ उम्मेदवारी दिन लागेको हौँ। हाम्रो

सम्बन्धित सामग्री

सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ : लाेसपा

काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) ले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरूलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताउनुभएको हो । उहाँले चुनावअघिको नै गठबन्धन बिउँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष नै टिकाएर लैजान पार्टीले भूमिका खेल्ने बताउनुभयो । ...

उम्मेदवारी खारेज भएपछि लाेसपा उम्मेदवार मेहता पुगे सर्वोच्च

काठमाडाैँ – निर्वाचन आयाेगले आफ्नाे उम्मेदवारी खारे‍ज गरेपछि लाेकलान्त्रिक समाजवादी (लाेसपा) नेपालका उम्मेदवार सन्तोषकुमार मेहता सर्वाेच्च अदालत पुगेका छन् । यही मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि लाेसपाबाट सुनसरी क्षेत्र नम्बर ४ प्रदेश सभा (२) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार मेहता सर्वोच्च पुगेका हुन् । निर्वाचन आउन केहीदिन मात्र बाँकी रहँदा […]

लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्री पाण्डेले त्यागिन लाेसपा, समर्थन कस्लाई ?

भैरहवा। लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लाेसपा परित्याग गरी तीनदलिय तालमेललाई समर्थन गर्ने बताएकी छन् । भैरहवामा पत्रकार सम्मेलन गर्दे पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री […]

जसपा, लाेसपा र जनमत पार्टी मिल्ने हाे भने पुराना पार्टी पाखा लाग्छन्: मनीष सुमन

काठमाडौं, भदाै २५। जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनले आफ्नाे पार्टी ३२ सिटमा लड्ने तयारी गरिरहेकाे बताएका छन्। ‘व्यावहारिक हिसाबले ३२ सिट नभईकन हाम्राे नेता व्यवस्थापन हुन सक्दैन।गठबन्धन पनि कायम हुन सक्छ। अन्यथा हामी एक्लै जानुपर्ने हुन सक्छ,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ सँग पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने। प्रवक्ता सुमनले […]

राजविराज नगरपालिकाका निवर्तमान मेयर यादव लाेसपा प्रवेश

सप्तरी – सप्तरीको राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भुप्रसाद यादव लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल प्रवेश गर्नुभएकाे छ ।  लोसपा सप्तरीद्वारा आज साेमवार जिल्ला समन्वय समितिकाे सभा हल राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले यादवलाई पार्टीमा स्वागत गर्नुभएकाे हाे । यादवसँगै राजविराजका निवर्तमान कार्यपालिका सदस्य प्रमोद कावडा, निवर्तमान वडाध्यक्षहरू माँगीलाल नाई, सुदर्शन सिंह, शम्भु यादव लाली, शोभालाल मण्डल पनि लोसपा प्रवेश गरेका छन् ।  ...

रुपन्देहीको कोटहीमाईमा लाेसपा विजयी

रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण निर्वाचित भएका छन् ।  त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार कलवार ४ हजार २ सय ३९ मत प्राप्त गरे । १२ जना प्रतिस्पर्धी रहेको पालिका अध्यक्षमा त्रिपाठीले कलवारलाई ३ सय ९९ मतले पछि पार्दै विजय निकालेका हुन् ।उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकै सुशीलाकुमारी यादव निर्वाचित भएकी छन् । यादवले निकटतम प्रतिस्पर्धाी नेपाली कांग्रेस

बाराको विश्रामपुर गाउँपालिकामा लाेसपा विजयी

बारा – बाराको विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जित हात पारेको छ । गाउँपालिका अध्यक्षमा लोसपाका जुल्फकार अलि भुटो भन्ने जुबेर भाइ र उपाध्यक्षमा प्रियंका देवी विजयी हुनु भएको हो । अध्यक्षमा लोसपाका भुटोले चार हजार तीन सय १७ मत र उपाध्यक्षमा प्रियंका देवीले तीन हजार तीन सय ३४ मत प्राप्त गरेर विजयी हुनु भएको हो ।

काँग्रेस-एमालेसँग तालमेलकाे प्रयासमा लाेसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा सम्भव भएसम्म ठूला कुनै एक दलसँग गठबन्धन गरी जनता समाजवादी पार्टी (जसपा) को भन्दा आफ्नो पकड बलियो बनाउने रणनीति बनाएको छ।नौ महिनाअघि जसपाबाट अलग भएर गठन भएको लोसपाका नेताहरूले अहिले नेपाली काँग्रेस र नेकपा एमालेसँग बराबरी सम्बन्ध राख्दै गठबन्धनका लागि वार्ता र छलफल अघि बढाएका छन् । काँग्रेस र एमालेमध्ये एक दलसँग गठबन्धन गरेर अघि बढने लोसपाको तयारी छ। दुई ठुला दलमध्ये एकसँग गठबन्धन सम्भव नभए अन्यसँग पनि तालमेल गर्न सकिने लोसपाका नेताह

वृषेशचन्द्र लालसहितका नेता लोसपा परित्याग गर्दै तमलोपामा प्रवेश

धनुषा – लोकतान्त्रिक समाजवादी (लाेसपा) पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय वृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गर्नुभएको छ ।  आज मङ्गलवार जनकपुरमा पत्रकार सम्मेलन गरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । लाल राष्ट्रिय सभाका पूर्वसदस्य हुनुहुन्छ भने डा. सिंह संविधान सभा सदस्य हुनुहुन्छ ।  मधेश केन्द्रित दलहरूले मधेशको एजेन्डा नै छाडेकाले मधेशी जनताको हितका लागि लाेसपा पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टी (लाेसपा) मा समावेश ...