भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बुधवार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बुधवार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो।
काठमाडौं, १८ जेठ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले आज(बिहीबार)बाट एमआरआई सेवा सुरू गरेको छ। अस्पतालले जर्मनमा बनेको सीमेन्स कम्पनीको उत्पादन थ्री टेस्ला एमआरआई (६६ च्यानल) मेसिन जडान गरी सेवा सुरू गरेको जनाएको छ। केएमसी हस्पिटलका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन अस्पतालले थ्री टेस्ला एमआरआई मेसिन सञ्चालनमा ल्याएको बताए। […]
वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी विद्यूतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका सीईओ एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि लगाइएको ट्विटर प्रतिबन्ध फुकुवा गर्ने बताएका छन् ।
आफूले कम्पनी सम्हालेपछि प्रतिबन्ध सच्याउने उनले मंगलबार ‘फाइनान्सियल टाइम्स फयूचर अफ द कार’ शिखर सम्मेलनमा बताएका हुन् । ट्रम्पमाथि लगाइएको प्रतिबन्ध एउटा गल्ती भएको उनको भनाइ छ । ट्रम्पमाथिको प्रतिबन्ध नैतिक रुपमा गलत भएको र यो मूर्खतापूर्ण निर्णय भएको पनि उनले बताएका छन् ।
अमेरिकाको संसद भवनमा हिंस्रक दंगा भएपछि सन् २०२१ को जनवरीमा ट्विटरले ट्रम्पको खाता स्थायी रुपमा बन्द गरिदिएको थियो । ट्रम्पले ट्विटरमार्फत हिंसा थप भड्काउन सक्ने भन्दै कम्पनीले सो निर्णय गरेको थियो । कम्पनीको उक्त निर्णयले ट्रम्पको आवाज दबाएन कट्टर दक्षिणपन्थीहरुमाझ उनको आवाज झनै चर्को बनायो ।
ट्विटरले प्रतिबन्ध लगाएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सञ्चालनमा ल्याएका थिए । आफ्नो खाता पुनः सञ्चालनमा आएपनि आफू ट्विटरमा नफर्किने ट्रम्पले यस अघि नै बताइसकेका छन् । अहिले नै ट्विटर मस्कको स्वामित्वमा आइसकेको छैन । कम्पनी खरिदको सम्झौतालाई कम्पनीको शेयरधनी र नियामकहरुले मञ्जुरी दिन बाँकी नै छ । एजेन्सी