पूँजी बजारमा लगानी भित्र्याउन ऐन कानूनमा सुधार गर्नुपर्छ : मुक्ति अर्याल [अन्तरवार्ता]

अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल करीब तीन दशकदखि पूँजी बजारमा सक्रिय छन् । लगभग १७ वर्ष अमेरिकाको वाल स्ट्रिटमा काम गरेर त्यहाँको पूँजी बजारलाई नजिकबाट नियालेका अर्यालसँग आर्थिक अभियानकी लक्ष्मी शर्मा गरेको कुराकानी : तपाईंले अमेरिकी पूँजी बजारमा कामका साथै लगानी पनि गरेर अमेरिकी पूँजीबजारलाई नजिकबाट नियाल्नुभएको छ । त्यस हिसाबले नेपाली शेयर बजारलाई  कसरी हेर्नुहुन्छ ? हाम्रो मार्केट र अमेरिकी मार्केटमा तुलना नै हुन सक्दैन । हामी भर्खर शुरुवाती चरणमा छौं भने उनीहरू उत्कर्षमा छन् । अमेरिकाको पूँजी बजार धेरै आधुनिक र विकसित छ । त्यहाँ  कुनै पनि वित्तीय साधनहरू बनाएर सजिलै कारोबार गर्न सकिन्छ ।  अमेरिकामा कुनै पनि वित्तीय सोचलाई वित्तीय साधन बनाएर बजारमा ल्याउन सकिन्छ तर नेपालमा त्यो सुविधा छैन । अमेरिकामा सिर्जनात्मक र रचनात्मक कार्यलाई प्रवर्द्धन र उत्साहित गरिन्छ तर हामी निरुत्साहित र बन्देज गर्छौं ।   अमेरिकामा कम्पनी सञ्चालनमै नआईकन पनि धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) गरेर पूँजी संकलन गरी लगानी गर्न सकिन्छ । यो स्पेसियल पर्पोज  एक्वीजीसन कम्पनी (स्प्याक) भन्ने अवधारणा हो, जुन हामीकहाँ कमैलाई थाहा होला । हाम्रो र उनीहरूको बजारसँग तुलना गर्दा उनीहरू के गर्छन् भन्ने हामीलाई कुनै अत्तोपत्तो नै छैन । शून्य र १०० को स्केलमा राख्ने हो भने हामी शून्यको नजिक छौं भने उनीहरू १०० को नजिक । अमेरिकी पूँजी बजार धेरै नै सृजनशील, रचनात्मक र उन्नत बजार हो । सोचले काम गर्ने ठाउँ हो । नेपालमा सोचभन्दा बढी पुरानो ढर्राबाट कामहरू हुने गर्छन्, भइरहेका पनि छन् । हामी पूँजी बजार विकासको शुरूवाती चरणमा छौं । नेपालको पूँजी बजार पनि विकास र विस्तार हुँदै छ, बिस्तारै अगाडि बढ्दै छ तर यो ज्यादै अपर्याप्त छ ।  त्यहाँकोपूँजी बजारमा के कस्ता प्रविधिहरू प्रयोगमा  छन् ? नेपाली शेयर बजारमा प्रयोग भएका प्रविधिमा के फरक पाउनुहुन्छ र सुधारको लागि के छ सुझाव ? त्यहाँ प्रयोग हुने प्रविधिहरू एकदमै अत्याधुनिक र प्रमाणित हुन्छन् । प्रविधि भन्ने बित्तिकै आईटी, सफ्टवेयर, स्टोरेज, कम्प्युटर, इन्टरनेट मात्रै होइन, त्यसको सुरक्षाको पनि कुरा आउँछ । यी विषयका सबै कुरालाई व्यवस्थापन गरेर प्रविधिहरू सञ्चालनमा आउँछन् ।  प्रविधिले धेरै किसिमका वित्तीय साधन र औजारहरू बनाउन सहयोग गरेको छ । प्रविधिले गर्दा नै बजारको मागअनुसारका वित्तीय साधनहरू बनाएर कारोबार गर्न सम्भव भएको छ । प्रविधिको अभावमा त हेज फन्ड, अल्गोरिदम ट्रेडिङजस्ता अवधारणाले मूर्त रूप लिँदैनथ्यो ।  प्रविधिको प्रयोग गरेर उनीहरूले यस्तो अचम्म लाग्ने सेक्युरिटिज पनि  बनाएका छन् कि जुन प्रतिफलमा साधारण फण्डभन्दा दुई गुणा माथि,  तीन गुणा माथि जाने हुन्छन् । जोखिम पनि त्यही अनुपातमा रहने हुन्छ । यसरी प्रविधिले अचम्म लाग्ने र नसोचिएका वित्तीय साधन र औजारहरू बनाउन र कारोबार गर्न सम्भव बनाइदिएको छ, जुन त्यो बजारमा उपलब्ध छ ।  प्रविधिकै प्रयोग गरेर उनीहरूले एउटै ब्रोकरबाट पूँजी बजारका सम्पूर्ण सेवाहरू पाउने गर्छन् । मार्जिन लोन होस् वा कारोबार एकै क्लिकबाट हुन्छ । राफसाफ कारोबारकै समयमा हुन्छ र किनेको धितोपत्र तुरुन्तै खातामा आउँछ । हामीकहाँ धितोपत्र विक्री गरेपछि जुन इडीआईएस भन्ने गर्छौं, त्यो उनीहरूले कहिल्यै नसुनेको वा अभ्यास नगरेको हुन सक्छ । कुनै समस्या भए त्यो समस्या एक कल फोनबाट समाधान हुन्छ । धेरै काम पेपरलेस हुन्छ । लगानीकर्ता वा ग्राहकले गुणस्तरीय र उन्नत सेवा पाउँछन् ।  प्रविधि भएर पनि हामी यसको सही सदुपयोग गर्न सकेका छैनौं । प्रविधिको नाममा हामीले लगानीकर्ताहरूलाई पीडा र दु:ख दिइरहेका छौं । लगानीकर्ताहरूले स्तरहीन सेवाका लागि महँगो लागत तिर्नु परिरहेको छ ।  नयाँ नयाँ लगानीयोग्य कम्पनीहरू थपिनुपर्‍यो, लगानी फर्महरू, ब्रोकरहरू, डिलरहरू, लगानी बैंकहरूलगायत भेन्चर क्यापिटल, प्राइभेट इक्विटीहरू आउनुपर्छ । त्यसपछि बजारले सबै कुरा माग गर्दै जान्छ । अवसर पनि पैदा हुन्छ । यी सबै कुरा एकैचोटि हुने होइन । अमेरिकामा लिलामी शेयरको कारोबार कसरी हुन्छ ? अनलाइनमार्फत या नेपालमा जस्तै कम्पनी अथवा विक्री प्रबन्धककहाँ गएर ?  नेपालमा गरिने लिलामी शेयरको अभ्यास आउटडेटेड कन्सेप्ट हो । जुन धितोपत्र वा शेयरहरू यहाँ लिलामी गर्ने भनेर विक्री गर्ने गरिएको छ, त्यो भनेको दुनियाँले अभ्यास गरेका उत्कृष्ट अभ्यासहरूबारे बेखबर हुनुबाहेक केही होइन । जुन धितोपत्र वा शेयरहरू यहाँ लिलामी गरिएका छन् ती धितोपत्र वा शेयरहरू डिलर वा ओटीसी मार्केटबाट सजिलै कारोबार गराउन सकिन्छ । इलेक्ट्रोनिक नेटवर्क  (ईसीएन) मार्फत तेस्रो र चौथो मार्केट बनाएर पनि यी कार्यहरू सजिलै गराउन सकिन्छ ।  विश्वका ठूलोपूँजी बजारमा विदेशी लगानीकर्ताहरूले सहजै कारोबार गरिरहेका हुन्छन् । नेपालमा विदेशी लगानीकर्ता किन भित्र्याउन सकिएको छैन ? नेपालको पूँजी बजारमा विदेशी लगानीकर्ता भित्र्याउन नसक्ने कारणहरू धेरै छन् । पहिलो भनेको विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न धितोपत्र ऐनमै बन्देज छ । हाम्रो कानूनले धैरै बाधा गरिरहेको छ । कानूनी बन्देज र अन्य प्रावधानहरू पनि सजिलो नभएका कारण नेपालमा विदेशी लगानीकर्ता भित्र्याउन नसकिएको हो । कानूनी झन्झट सहज भएमा विदेशी लगानीकर्ताहरू आउने सम्भावना हुन्छ । यहाँ त एनआरएनले नै लगानी गर्न नपाउने अवस्था छ, विदेशीले लगानी गर्ने धेरै परको विषय हो । केही  दिन अगाडि धितोपत्र बोर्डले एनआरएनलाई भित्र्याउनका लागि कमिटी गठन गरेको छ । आशा गरौं, आवश्यक प्रक्रिया पूरा गरेर एनआरएनलाई लगानीको लागि सहज वातावरण बनाइनेछ ।  पछिल्लो समय ऋण तिर्नकै लागि हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न थालेका छन्, यो ठीक हो त ?  यो भनेको कम्पनीको निर्णय हो । कम्पनीहरूले विवेकपूर्ण तरीकाले निर्णय लिनुपर्छ । यस्तो गर्न नपाउने भन्ने हुँदैन, गर्न पाइन्छ तर यो कत्तिको विवेकपूर्ण निर्णय हो भन्ने हो । कम्पनी डुब्ने अवस्थामा यस्तो पनि गर्नुपर्छ तर सामान्य अवस्थामा भने कम्पनीले नाफा कमाएर नै ऋण तिर्नुपर्ने हो । ऋण तिर्नकै लागि हकप्रद शेयर जारी गर्नु पक्कै पनि राम्रो होइन ।  विदेशमा कर्जा तिर्न हकप्रद निष्कासन गर्ने विषयलाई बुद्धिमत्तापूर्ण निर्णय मानिँदैन र स्वीकार गरिँदैन । त्यसो त त्यहाँ हकप्रद निष्कासनकै प्राय: अभ्यास गरेको पाइँदैन । त्यसको सट्टा सिजन्ड इक्विटी   अफरिङको अभ्यास व्यापक गर्ने गरिन्छ ।  नेपालमा कुनै कम्पनीको हकप्रद शेयरको हल्ला चलाएर कम्पनीको शेयर मूल्य अस्वाभाविक रूपमा बढाउने गरेको पनि पाइन्छ । यस्ता हल्लाबाट भन्दा पनि कम्पनीको समग्र वित्तीय अवस्था हेरेर लगानी गर्नु उचित हुन्छ । किनकि हकप्रद निष्कासनले मात्रै कम्पनीको भ्यालु वृद्धि गर्दैन ।    नेपालका सूचीकृत कम्पनीहरूले बोनस शेयर दिएर पूँजी बढाइरहेका छन् तर किन नगद लाभांशमा जोड दिँदैनन् । अमेरिकामा कस्तो छ ? हुनुपर्ने के हो ? नेपालमा लगानीकर्ताहरू बोनस शेयरकै पछाडि दौडिएको देखिन्छ । लाभांश वितरण गरिरहनुभन्दा कम्पनीले आर्जन गरेको नाफा पुन: लगानी गरेमा प्रतिफल बढ्नेछ । त्यसपछि कम्पनीको शेयरको भ्यालु बढ्छ ।  अमेरिकाका अमेजन, गुगल, टेस्ला, बर्कसायर हाथवे जस्ता ठूला कम्पनीहरूले कुनै पनि लाभांश दिएका छैनन् । भ्यालु इन्भेस्टर वारेन बफेटको बर्कसायर हाथवे कम्पनीको क्लास ए शेयरको मूल्य प्रतिकित्ता लगभग ५ लाख डलर रहेको छ । त्यो कम्पनीले शेयरधनीलाई कहिल्यै लाभांश दिएको छैन । त्यो कम्पनीले कमाएको नाफालाई पुन: लगानी गर्ने गर्छ । यसरी कम्पनीले कमाएको नाफालाई पुन: लगानी गर्दा शेयरको भ्यालु बढेर जाने गर्छ । युरोप अमेरिकामा लाभांश त्रैमासिक रूपमा वितरण गर्ने गर्छन् । त्यसमा पनि बोनस शेयरको अभ्यास लगभग छैन र नगद लाभांश नै दिएका हुन्छन् । प्राय: त्यहाँ त्रैमासिक लाभांश कति दिने भन्ने पोलिसी हुन्छ, जुन कम्पनीले पहिल्यै निर्णय गरेर लगानीकर्तालाई थाहा दिएको हुन्छ ।  लाभांश करको कारण नेपालमा बोनस शेयरको रूपमा लाभांश दिनुभन्दा नदिँदा शेयरधनीहरूको प्रतिफल बढी हुन्छ । यसको कारण बोनस शेयरमा लाग्ने कर नै हो ।  बोनस शेयर दिनु भनेको एक प्रकारले पुन: लगानी हो, जुन  बोनस शेयर नदिईकनै पनि गर्न सकिन्छ । त्यसो गर्दा कम्पनीले शेयरधनीहरूको ५ प्रतिशत लाभांश करको रूपमा हुने खर्चलाई वर्तमानमा बचत गरेर कम्पनीमै लगानी गर्न सक्छ । यसो गर्नुलाई आज तिर्नुपर्ने करलाई भविष्यमा सारेको भनिन्छ । यो कम्पनी, शेयरधनी र लगानीकर्ता सबैको हितमा हुन्छ ।  यस्ता विषयहरूमा नेपाली कम्पनीहरूले ध्यान दिएको पाइँदैन । अरू थुप्रै विषयहरू छन्, जुन शेयरधनीहरूको फाइदाको लागि फरक ढंगले सोच्न सकिन्छ ।

सम्बन्धित सामग्री

बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक छः मन्त्री चौधरी

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएकी छन्। प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री चौधरीले बाल सुधार गृहको मौजुदा अवस्था अवलोकन गरी नीतिगत परिमार्जनलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताइन्। ‘मन्त्रालयले नीतिगत परिमार्जनलाई पहिलो प्राथमिकतामा राखेको छ। मन्त्रालयले बाल सुधार गृहको […]

मौसममा  क्रमिक सुधार

विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार आएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हुँदै गएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब...

नेपालको वरियता सुधार

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १७ औं स्थानमा उक्लिएको छ । नेपाल यसअघि १९ औं स्थानमा थियो । अमेरिका र युएईलाई पछि पार्दै नेपाल १७ औं स्थानमा उक्लिएको छ । नेपाल भन्दा पछि अमेरिका १८ […]

अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम गरेका छौं : प्रचण्ड

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको पनि उनले बताए । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र सुधार गर्ने निर्णय गरेर काम […]

बुधबारदेखि मौसममा सुधार हुने

आगामी बुधबारदेखि मौसम सुधार हुने बताइएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखा माथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान...

बुधबारदेखि मौसममा सुधार हुने

आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ। बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु विसीले बताइन्।...

टिममा धेरै कुरा सुधार गर्नु पर्नेछ : सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीले कप्तान सन्दीप लामिछानेले टिममा धेरै कुराको सुधार गर्नु पर्ने समय आएको बताएका छन् । पपुवा न्युगिनी (पीएनजी)विरुद्धको सिरिजमा पराजित भएपछि पत्रकारहरूसँग बोल्दै उनले टिममा धेरै कुरा सुधार गर्नु पर्ने समय आएको बताए । ‘टिममा धेरै कुरा सुधार गर्नु पर्ने समय आएको छ । हामी अझै धरै कुराहरू सिक्दैछौँ । खेल हो सधैँ राम्रो हुन्छ भन्ने पनि छैन । तर, सुधार गर्नु पर्ने कुराहरू धेरै छन्,’ सन्दीपले भने । सन्दीपले पीएनजीविरुद्ध जित निकाल्न नसकेको समर

बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न मन्त्री रेग्मीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छन् । आइतबार सुधार गृह भक्तपुरको अवलोकन गर्दै मन्त्री रेग्मीले भान्सा सुधार गर्न निर्देशन दिएकी हुन्  । बाल सुधार गृह व्यवस्थित तरिकाले सञ्चालन गरेकोमा व्यवस्थापन समितिलाई धन्यवाद दिँदै मन्त्री रेग्मीले खानपान स्वस्थ  र  व्यवस्थित हुनुपर्ने बताइन् । 'खाना पकाउने ठाउँ व्यवस्थित हुनुपर्छ,' मन्त्री रेग्मीले भनिन् 'किचन व्यवस्थित हुनुपर्छ।'  मन्त्

शेयर बजारमा सुधार

काठमाडौं, असार १३ । आइतबार शेयर बजारमा सुधार आयो । उतार चढावबीच बजार परिसूचक नेप्से २७ अंकले उकालो लागेर २८ सय ७० कायम भएर थामियो । गत बुधबार उल्लेख्य सुधार आएको बजार विहीबार ओरालो लागेको थियो । आइतबार कारोबार भने ७ अर्ब हाराहारीमा खुम्चियो । यस दिन आधा भन्दा बढी समूहमा हरियाली छायो । जलविद्युत, […]