भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।
भरतपुर अस्पताल सुधारोन्मुख देखिएको छ। बिरामीलाई समयसापेक्ष गुणस्तरीय सेवासुविधा उपलब्ध गराउन थालेसँगै अस्पतालमा पछिल्लो केही समययता देखिने गरीका सुविधा थप भएको छ।
१२ साउन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालमा भेरी र भरतपुर अस्पताल थपिएका छन् । गत चैतको मन्त्रिपरिषद्को बैठकले भेरी र भरतपुरलाई पनि आंगिक अस्पतालमा विस्तार गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार अबदेखि भेरी र भरतपुरमा पनि एमडी, एमएस लगायतका शैक्षिक कार्यक्रमहरू पठनपाठन हुनेछन् । यसभन्दा अगाडि न्याम्स अन्तर्गत […]
स्वास्थ्य बीमाबाट सेवा लिनेमा भरतपुर अस्पताल पहिलो बनेको छ । देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बीमा सेवा लिएका हुन् । बीमा बोर्डको वेबसाइटमा उल्लेख भएअनुसार हालसम्म दुई करोड ५१ लाख ८१ हजार दुई सय ८९ बीमा दाबी गरिएको छ । त्यसमध्ये भरतपुर अस्पतालको ६३ लाख पाँच सय ६९ रहेको छ । दोस्रोमा नोवेल […]
चितवन– स्वास्थ्य बीमाबाट सेवा लिनेमा भरतपुर अस्पताल पहिलो बनेको छ । देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बीमा सेवा लिएका हुन् । बीमा बोर्डको वेबसाइटमा उल्लेख भएअनुसार हालसम्म दुई करोड ५१ लाख ८१ हजार दुई सय ८९ बीमा दाबी गरिएको छ । त्यसमध्ये भरतपुर अस्पतालको ६३ लाख पाँच सय ६९ रहेको छ । दोस्रोमा […]
हाल भरतपुर अस्पतालमा ७६५ जना कर्मचारी छन्। जसमध्ये १७५ दरबन्दी मात्र सरकारी हो। ४५० जना अस्पतालको विकास समितिको कर्मचारीहरु छन्। १४० सेवा करार मार्फत रहेका छन्।
चितवन– एकै वर्षमा सात पटकसम्म मेडिकल सुपरिटेण्डेण्ट (मेसु) परिवर्तन भएर अस्तव्यस्त बनेको भरतपुर अस्पताल अहिले सुधारको बाटोमा अघि बढेको छ । विगत एक वर्षदेखि एउटै मेसुले काम गर्ने अवसर पाएसँगै अस्पतालको सेवा र सुविधामा सुधारसँगै बिरामीको आकर्षण पनि बढेका कारण भीडभाड थपिँदै गएको हो । निजी र ठूला अस्पतालसँग दाँजेर हेर्नेले धेरै कमी कमजोरी औँल्याए […]
धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियार (कान)को शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै काँग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए ।बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरूले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल कलेजबाट निकाल्न दिइएको हो ।हत्याको विरोधमा भरतपुरमा एक
हाल यो अस्पताल ५५० शय्यामा सञ्चालित छ। यद्यपि भरतपुर अस्पताल ६ सय शय्याको हो। तर पुरानो भवन भत्किएका कारण ५५० शय्या मात्र सञ्चालनमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।
काठमाडौँ । नेकपा (एमाले) महाधिवेशनमा भाग लिन पुगेका नेता भीम आचार्य कोरोना सङ्क्रमणबाट बिरामी भएपछि भरतपुर अस्पताल लगिएको छ । केही दिनअघि सङ्क्रमण पुष्टि भएपछि आचार्य सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसेका थिए । आइसोलेसन स्थलमा नेता आचार्य चिकित्सकहरुको निगरानीमा थिए । तर, स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एम्बुलेन्समा राखेर भरतपुर अस्पताल लगिएको हो । आचार्यलाई […]
चितवन, १७ साउन: भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको शय्या भरिएका छन् । अस्पतालले अहिले कोभिडका लागि ११० शय्या छुट्याएको […]