नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ। अस्पताल प्रशासन र एमआरआई मेसिन आपूर्तिकर्ताबीच भुक्तानीसम्बन्धी विवाद भएपछि पाँचमहिनादेखि सेवा अवरुद्ध भएको थियो।
नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ। अस्पताल प्रशासन र एमआरआई मेसिन आपूर्तिकर्ताबीच भुक्तानीसम्बन्धी विवाद भएपछि पाँचमहिनादेखि सेवा अवरुद्ध भएको थियो।
नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिले पूर्णता पाएलगत्तै बसेको समितिको पहिलो बैठकले अस्पतालमा आइपुगेको करिब २४ करोडको अत्याधुनिक एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
हेटौँडा अस्पतालमा मङ्सिर पहिलो सातादेखि एमआरआई सेवा दिने गरी तयारी गरिएको छ । बागमती प्रदेश सरकारको १४ करोड रुपियाँ लगानीमा मकवानपुरमै पहिलो पटक एमआरआई सेवा दिने गरी अस्पतालमा उपकरण जडान कार्य भइरहेको छ । हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य हीरालाल तामाङका अनुसार कात्तिकभित्रै उपकरण जडान कार्य पूरा गरी मङ्सिर पहिलो सातादेखि एमआरआई सेवा सुरु गरिने छ । एमआरआई सेवा सञ्चालन गर्न आवश्यक जनशक्तिसमेत व्यवस्था भइसकेको अस्पतालले जनाएको छ । एमआरआई प्रविधिले शक्तिशाली चुम्बकको प्रयोगद्वारा शरीरका अङ्गको सूक्ष्म तथा विस्तृत अध्ययन गरी शरीरका अङ्गको भित्री बनावट, रोग लागेका अङ्ग तथा क्यान्सरलगायतका रोग पत्ता लगाउन सहयोग पुग्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले बताउनुभयो ।
वीरगञ्ज- वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन सञ्चालन हुने भएको छ। अस्पतालमा आउने बिरामीहरूको सुविधालाई मध्यनगर गर्दै एमआरआई मेसिन सञ्चालन गर्न लागिएको हो। तीन महिनाअघि एमआरआई मेसिन नारायणी अस्पतालमा आइपुगेको थियो। अस्पतालमा ल्याइएको एमआरआई मेसिन जडान गर्ने र सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको अस्पतालका प्रवक्ता एवम् फ्यामिली फिजिसियन डा.उदय नारायण सिंहले जानकारी दिए। उनले अगामी साउन […]