काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ। आइतबार बिहानका लागि बोलाइएको बैठक सोमबार बस्नेगरी स्थगित भएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। शुक्रबारको बैठकमा एमसिसी अनुमोदनपछि पार्टीमा देखिएको असन्तुष्टि, पार्टी पदाधिकारी चयन, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची थियो। पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो। लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल