गठबन्धन भत्काउने शर्तमा एमसीसी अनुमोदन गराउन एमाले तयार !
एक कांग्रेस नेताले भने, ‘उहाँले तपाईंहरुले गठबन्धनको भारी बोकेर नहिँड्नुस्, एमसीसी पास गरौं र चुनावमा जाऔँ भन्नुभएको छ, एमसीसी संसदमा पेश त गर्छाैं त्यसपछि के हुन्छ ठेगान छैन ।’
नेताहरुबीच लामो रस्साकस्सी, माथापच्ची, आरोह–अवरोह र वादविवादकाबीच मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको छ ।सत्ता गठबन्धन छोड्नै नसक्ने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको बाध्यतामा व्याख्यात्मक घोषणाको सहमति झुण्ड्याएर प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन सफल भएका हुन् । व्याख्यात्मक घोषणा लाज ढाक्ने पारदर्शी टालो मात्रै हो भन्ने आलोचना सहेरै पनि प्रचण्ड र नेपाल गठबन्धन जोगिएकोमा दङ्ग छन् ।एमालेसँग मिलेर भए पनि एमसीसीमा जोखिम मोल्न तयार भएका देउवा माओवादी र समाजवादीलाई झुकाए...
काठमाडौंं । नेकपा (एकीकृत समाजवादी) अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्न तयार भएको छ । आज बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको पार्टी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
एकीकृत समाजवादीले यथास्थितीमा एमसीसी अनुमोदन गर्न नहुने बताउँदै आएको थियो । सो पार्टीको बैठक...
माओवादी केन्द्र र एकीकृत समाजवादी संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न तयार बनेका छन्। सत्ता साझेदार दुवै दल यसअघि एमसीसीसम्बन्धी सरकारी प्रस्तावकै विरोधमा उभिएका थिए। उनीहरूले विपक्षमा मतदान गर्ने भनेका थिए। दुवै दलका शीर्ष नेताले प्रतिनिधिसभाको आइतबारकै बैठकबाट एमसीसी अनुमोदन गर्न साथ दिने आश्वासन दिएको बालुवाटार स्रोतको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसबारे पार्टीबाटै निर्णय गर्न भनेका छन्।त्यसलगत्तै एकीकृत समाजवादी अध्यक्ष माधवकुम
१३ फागुन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रश्न उठेका विषयहरुको संसदबाट व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न सहमत भएका छन् । दोस्रो तहका नेताहरुले तयार पारेको व्याख्यात्मक घोषणाको १०बुँदे मस्यौदामा गठबधनका नेताहरु सहमत देखिएका छन् र भोलि आइतबार विहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । […]
काठमाडौं, १४ फागुन । सत्ता गठबन्धन टुट्न नदिने र एमसीसी पनि अनुमोदन गर्ने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पुगेका छन् । दुई नेताबीचको छलफलपछि प्रचण्डले एमसीसी सहमतिको बाटोबाट अगाडि बढ्ने र गठबन्धन पनि नटुट्ने बताएका छन् । प्रचण्डले पत्रकारको प्रश्नमा भने, ‘गठबन्धन टुट्दैन । एमसीसी पनि […]
१३ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गरेर अनुमोदन गर्ने विकल्पमा छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग मिल्न तयार भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु दबावमा छन् । दुवै दलका नेताहरुले यथास्थितिमा एमसीसीको पक्षमा मत दिन नसक्ने, तर अनुमोदनका लागि सहज बनाउन विरोध गर्दै […]
प्रधानमन्त्री शेरबहादुर देउवाको प्राथमिकता पाँचदलीय गठबन्धन जोगाउने र एमसीसी पनि अनुमोदन गर्ने हो । तर एमसीसी अनुमोदन गराउन आवश्यक परे पाँचदलीय गठबन्धन तोड्न पनि सक्ने नेपाली कांग्रेस नेताहरु बताउँछन् ।
काठमाडौं, ९ फागुन । अब कुनै चमत्कार भएमात्र अमेरिकी सहयोगसम्बन्धी एमसीसी प्रतिनिधि सभाबाट पारित हुनेछ । एमसीसी पारित गर्न पक्षमा रहेको नेपाली काँग्रेसभित्रै आशंकाहरु देखिन थालेको छ । अर्कोतर्फ, एमसीसीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा ठूलै त्याग गर्न तयार छैनन् । देउवाले एमसीसी अनुमोदन गराउन या त सत्ता गठबन्धनको पूर्ण साथ पाउनुपर्छ या नेकपा एमालेको । […]
काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक १० बजे बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन नसकेपछि पटक पटक बसेका बैठक निष्कर्षविहीन भएपछि आज हुने बैठक निर्णायक हुने नेताहरुले बताएका छन्। यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन।एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र सरकारबाट बाह