बालुवाटारमा वैकल्पिक प्रस्ताव : व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन

१३ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गरेर अनुमोदन गर्ने विकल्पमा छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग मिल्न तयार भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु दबावमा छन् । दुवै दलका नेताहरुले यथास्थितिमा एमसीसीको पक्षमा मत दिन नसक्ने, तर अनुमोदनका लागि सहज बनाउन विरोध गर्दै […]

सम्बन्धित सामग्री

एमसीसी अनुमोदन भित्रका दृश्य अदृश्य परिघटनाहरु !

नेताहरुबीच लामो रस्साकस्सी, माथापच्ची, आरोह–अवरोह र वादविवादकाबीच मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको छ ।सत्ता गठबन्धन छोड्नै नसक्ने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको बाध्यतामा व्याख्यात्मक घोषणाको सहमति झुण्ड्याएर प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन सफल भएका हुन् । व्याख्यात्मक घोषणा लाज ढाक्ने पारदर्शी टालो मात्रै हो भन्ने आलोचना सहेरै पनि प्रचण्ड र नेपाल गठबन्धन जोगिएकोमा दङ्ग छन् ।एमालेसँग मिलेर भए पनि एमसीसीमा जोखिम मोल्न तयार भएका देउवा माओवादी र समाजवादीलाई झुकाए...

‘राष्ट्रघाती बिल्ला’ भिराएर एमसीसी अनुमोदन

एमसीसीविरुद्ध अडान लिएका दलहरुलाई ‘सेफ ल्याण्डिङ’ गर्न ‘व्याख्यात्मक घोषणा’ समेत अनुमोदन गरिएको छ । १२बुँदे व्याख्यात्मक घोषणामा मुख्य गरी ‘नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र मुलुकको कानुन उल्लङ्घन गरे एमसीसी खारेज गर्न सक्ने’ उल्लेख छ ।

प्रतिनिधि सभाको बहुमतबाट एमसीसी सम्झौता अनुमोदन

काठमाडौं– प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन भएको छ। लामो रस्साकस्सीपछि झन्डै ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएको हो। व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्न सत्ता साझेदार दलहरू सहमत भएसँगै आजको प्रतिनिधिसभा सभाको दोस्रो बैठकबाट एमालेको अवरोधका बीच एमसीसी पारित भएको हो। तत्कालीन केपी […]

एमसीसी अनुमोदन, कार्यान्वयनको बाटो खुल्यो

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएको छ । आज आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको हो ।नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संशोधनविना एमसीसी पारित गर्न नसकिने अडान राखेपछि सरकारले व्याख्यात्मक घोषणा बनाएर विषय प्रष्ट पार्दै सम्झौता अनुमोदन गरेको हो । याे सम्झाैता पारित गरियोस् भन्ने प्रस्ताव अर्थ मन्त्री जनार्दन शर्माले पेस गर्नुभएको थियो । सभामुख अग्निप्रसाद सापकाेटाले ध्वनि मतका आधारमा एमसीसी सम्झाैता...

एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको बैठक जारी (लाइभ)

काठमाडौं– प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीमाथि छलफल गरेर अनुमोदन गर्ने संघीय संसद सचिवालयको कार्यसूची छ । सम्झौताबारे थप प्रष्ट पार्न व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने तयारी छ ।

एमसीसी अनुमोदन गर्नेगरि संसदको दोस्रो बैठक सुरु (लाईभ भिडिओसहित)

काठमाडौं, १५ फागुन । प्रतिनिधिसभाको दोस्रो सेसनको बैठक सुरु भएको छ । यो बैठकले एमसीसी अनुमोदन गर्दैछ । अहिले एमसीसीबारे मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा प्रस्तुत गरिँदैछ । अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा प्रस्तुत गरेका हुन् ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने नेकपा समाजवादीको निर्णय

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।आइतबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे उक्त निर्णय गरेको सहरी विकास मन्त्री समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । उनले अहिलेसम्म गरेका प्रयासहरू अनुसार उक्त निर्णयमा पार्टी पुगेको पनि बताइन् ।बैठकपछि गंगालाल तुलाधरले  व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग नै हुनेगरी त्यसको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए । उनले अमेरिकाले अस्व

प्रचण्डको एमसीसी अनुमोदन गर्ने निर्णयप्रति नारायणकाजी श्रेष्ठको असहमति

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन् । नेता श्रेष्ठले आइतबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डको सो निर्णयप्रति असहमति जनाएका हुन् । यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान बसेको बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।  ‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणा सहित