सङ्खुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ । १३ वर्षीया बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका-९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेको हाे ।न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मङ्सिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडितले राहत कोषमा २२ सय रुपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सूचना