थप ४३.६५ मेगावाट बिजुली बिक्री गर्न भारतको अनुमति

भारतले आफ्नो देशमा थप ४३.६५ मेगावाट बिजुली बिक्री गर्न नेपाललाई अनुमति दिएको छ । काबेली बी–१ जलविद्युत् आयोजनाको २४.२५ मेगावाट र तल्लो मोदी जलविद्युत् आयोजनाको १९.४ मेगावाट विद्युत्लाई स्रोत मानेर सोबराबरको...

सम्बन्धित सामग्री

भारतमा बिजुली बिक्री : सवा घण्टाअघि बिडिङ गर्न सकिने

नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज (आइएक्स) को रियल टाइम मार्केटमा ४४ मेगावाट बिजुली बिक्रीको अनुमति पाएको छ ।

दिनको ६३२ मेगावाट बिजुली भारतीय बजारमा

नेपालबाट भारतीय बजारमा ६३२ मेगावाट नै बिजुली निर्यात हुन थालेको छ । मध्यकालीन सम्झौताको ११० र प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट गरी ६३२ मेगावाट बिजुली बिक्री हुन थालेको हो । यसअघि ४५२ मेगावाट बिजुली भारतमा बिक्री गरिरहेको नेपाल विद्युत् प्राधिकरणले गत साता थप १८० मेगावाट निर्यात अनुमति पाएसँगै ६३२ मेगावाट बिक्री हुन थालेको हो ।

भारतले १८ आयोजनाको हजार मेगावाट बिजुली बिक्री अनुमति अड्कायो

नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेको भारतले बोली र व्यवहारमा फरकपन देखाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा नै गरेका थिए ।

भारततर्फ बिजुली निर्यात

प्राधिकरणले गत कात्तिक १५ गते भारतीय ऊर्जा बजारमा वर्षायाममा देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको १५ मेगावाट र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित २४ मेगावाट बिजुली निर्यात गर्न अनुमति पाएको थियो। त्यस्तै गत चैत २३ गते प्राधिकरणले भारतलाई थप ३ सय ...

बढी भएको बिजुली नेपालले भारतलाई बेच्न थाल्यो, मुल्य कति ?

नेपालले भारतलाई नेपालमा बढी भएको बिजुली बिक्रि गर्न थालेको छ । नेपाल विद्युत प्राधिकरणले गतरातिदेखि भारतलाई बिजुली बिक्रि गर्न थालेको हो ।बर्षा हुन थालेसंगै नदीहरुमा पानीको सतह बढेर बिजुली उत्पादन बढ्न थालेको छ । बढी बिजुली उत्पादन हुँदा नेपालमा खपत नभएर बढी भएको बिजुली भारतलाई बिक्रि गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत गृहको बिजुली हिजोदेखि भारतीय बजारमा पठाउन थालिएको हो । उनका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार (आईईएक्स) मार्फत बिजुली बिक्रि गर्न थालिएको हो ।ऊर्जा एक्सचेन्ज बजारमा हरेक ब्लकको लागि छुट्टाछुट्टै मूल्य तय हुन्छ । एउटा ब्लक १५ मिनेटको हुन्छ भने माग र आपूर्ति अनुसार प्रत्येक ब्लकको लागि फरक फरक मूल्य तय हुन्छ । एउटा ब्लकमा अधिकतम् मूल्य भने १२ रुपैयाँसम्म तोकिएको छ। औसत रुपमा प्रतियुनिट ६.२८ पैसासम्ममा बिजुली विक्री हुने देखिएको प्राधिकरणले जनाएको छ।नेपालले गत चैत्रमा थप ३२५ मेगावाट बिजुली बिक्रि गर्न सहमति पाएको थियो । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको थियो ।नेपालले त्यस  अघि नै ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो । गत चैत्रसम्म भारतले त्रिशुली र देवीघाट आयोजनाको कूल ३९ मेगावाट बिजुली नेपालबाट लिने गरेको थियो । चैत्रमा  थप ३२५ मेगावाट बिजुली बिक्रि गर्न पाउने भएसंगै अब नेपालले  कुल ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न पाउने  छ।  नेपालले यो बिजुली विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गर्नु पर्ने छ । जसमा माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुने छ ।  भारतले कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), लिखु–४ (५२.४ मेगावाट) मध्य मर्स्याङ्दी (७० मेगावाट), मर्स्याङ्दी (६९ मेगावाट) त्रिशुली र देवीघाट (३९ मेगावाट) गरी ३७५ मेगावाटको बिजुली निर्यात गर्ने अनुमति दिएको हो।

विद्युत् निर्यातमा फड्को, प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने

लामो प्रयत्नपछि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्ने बाटो खुलेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति दिएको छ । यससँगै नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ । […]

थप ३२५ मेगावाट बिजुली भारत निर्यात गर्न नेपालले पायो स्वीकृति

नेपालले भारतीय ऊर्जा बजारमा थप ३ सय २५ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको हो ।