भारतले १८ आयोजनाको हजार मेगावाट बिजुली बिक्री अनुमति अड्कायो

नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेको भारतले बोली र व्यवहारमा फरकपन देखाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा नै गरेका थिए ।

सम्बन्धित सामग्री

सम्भव छ नेपाली बिजुली बिक्री

भारत सरकारले हालै नवीकरणीय ऊर्जा खरिद दायित्व (आरपीओ) जारी गर्दै आगामी आठ वर्षभित्र जलविद्युत्मार्फत् नै ३० हजार मेगावाट उत्पादन थप गर्ने घोषणा गरेको छ ।५० प्रतिशतभन्दा बढी कालो ऊर्जाको रुपमा चिनिने कोइलामा निर्भर र पछिल्लो समय यसको विकल्पको रुपमा सौर्य ऊर्जा (सोलार) मा केन्द्रित गरेको भारतले जलविद्युत्लाई प्राथमिकता दिएर जलविद्युत् उत्पादन बढाउँदै लैजाने योजना बनाएको […]