चिनियाँ अक्सिजन सिलिण्डर घरमा थुपारेको आरोप खेप्ने सांसद को हुन् ?

२ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसदको घरमा भेटिएको भन्दै सामाजिक सन्जालमा पोष्ट गरिएको एक भिडियो अहिले भाइरल छ । भिडियोमा निलो रंगका सिलिण्डरहरु भुइँतलाको भर्‍याङसँगै राखिएको देखिन्छ । जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसदले घरमा अक्सिजन सिलिण्डर थुपारेको भन्दै आक्रोश व्यक्त गरेको आवाज सो भिडियोमा सुनिन्छ […]

सम्बन्धित सामग्री

सामाजिक सञ्जालमा गफ चुट्नुभन्दा सहयोगमा जुट्नु राम्रो : सांसद विक

बझाङ : बझाङका प्रतिनिधिसभा सदस्य आशा विकले आफूमाथि सामाजिक सञ्जालमा गरिएको आलोचनाप्रति आपत्ति जनाएकी छन्। विकले आइतबार मात्र काठमाडौंबाट बझाङका लागि ७ वटा अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामाग्री पठाएकी थिइन्। चीन सरकारले अनुदानमा दिएका चार सय सिलिण्डरमध्ये विकको पहलमा उक्त सिलिण्डर बझाङ पुगेका हुन्। काठमाडौंबाट बाहिरी जिल्लामा भरेको सिलिण्डर पठाउन नमिल्ने र धनगढी वा नेपालगञ्जमा भर्नुपर्ने भए पनि जिम्मेवार व्‍यक्ति कोही नभएकाले खाली सिलिण्डर बझाङ पुर्‍याइएको सांसद विकले बताइन्। काठमाडौंबाट जिल्लाका लागि पठाउन...

पहुँचको आधारमा स्वास्थ्य सामग्रीको वितरण भ्रष्टाचार हो : वर्षमान पुन

४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले पहुँचका आधारमा नभएर प्राथमिकताका आधारमा स्वास्थ्य सामग्री वितरण गरिनुपर्ने बताएका छन् । चीनबाट प्राप्त अक्सिजन सिलिण्डर सत्तारुढ दलका नेता, सांसद र आफन्तको घरमा …

अस्पताललाई अक्सिजन सिलिन्डर

ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर अक्सिजन सिलिन्डर किनेर अस्पताललाई प्रदान गरेको हो ।   सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनगरबाट सिलिन्डर खरिद गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार सांसद भट्टराईले दुई लाख र मन्त्री आङ्बुहाङले एक लाख रुपैँया सिलिन्डर खरिदमा सहयोग गरेका थिए। यस्तै बजारका ३३ व्यवसायीले एक देख...

ताप्लेजुङ अस्पतालमा ४० थान अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने योजना

अक्सिजनको अभाव भइरहेको ताप्लेजुङमा अभाव टार्न पहलकदमी सुरु भएको छ । ताप्लेजुङ उद्योग बाणिज्य संघले यहाँबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभाका सांसद र आफ्ना उद्योगी व्यवसायी तथा मनकारी संस्थाहरुसंगको समन्वयमा अक्सिजनको केहि मात्रा व्...

दाङमा अक्सिजन अभाव, क्षमताअनुसार संक्रमित भर्ना गर्न सक्दैनन् अस्पताल

दाङ : दाङको  कोरोना  विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको चरम अभाव भएको अस्पतालले जनाएको छ।  १०० शय्याको उक्त अस्पतालमा मंगलवार ६३ जना कोरोना संक्रमित रहेको अस्पतालका व्यवस्थाप दोर्ण वलीले जानकारी दिए। अक्सिजनको अभावले गर्दा संक्रमितलाई भर्ना गर्न कठिनाइ  भएको उनले बताए।अस्पतालमा अहिले कम्तीमा २०० अक्सिजन सिलिण्डर आवश्यक पर्ने वलीले बताए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाबाट संघीय सरकारमा नेतृत्व गर्ने  मन्त्री, पूर्वमन्त्री, सांसद, पार्टीका नेता, समाजसेवी बुद्धिजीव

परासीको कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

२८ वैशाख, बुटवल । कोभिड अस्पताल परासीलाई नवलपरासी पश्चिमका संघीय सांसद देवेन्द्रराज कँडेलले व्यवस्था गरेको अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । कोभिड अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई अक्सिजन अभाव हुन नदिन सांसद कँडेलले व्यक्तिगत पहलमा खरिद गरेको ६० वटा अक्सिजन सिलिण्डर मंगलबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रमार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो । सांसद कँडेलको पहलमा दुई […]