२८ वैशाख, बुटवल । कोभिड अस्पताल परासीलाई नवलपरासी पश्चिमका संघीय सांसद देवेन्द्रराज कँडेलले व्यवस्था गरेको अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । कोभिड अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई अक्सिजन अभाव हुन नदिन सांसद कँडेलले व्यक्तिगत पहलमा खरिद गरेको ६० वटा अक्सिजन सिलिण्डर मंगलबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रमार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो । सांसद कँडेलको पहलमा दुई […]