बझाङ : बझाङका प्रतिनिधिसभा सदस्य आशा विकले आफूमाथि सामाजिक सञ्जालमा गरिएको आलोचनाप्रति आपत्ति जनाएकी छन्। विकले आइतबार मात्र काठमाडौंबाट बझाङका लागि ७ वटा अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामाग्री पठाएकी थिइन्।
चीन सरकारले अनुदानमा दिएका चार सय सिलिण्डरमध्ये विकको पहलमा उक्त सिलिण्डर बझाङ पुगेका हुन्।
काठमाडौंबाट बाहिरी जिल्लामा भरेको सिलिण्डर पठाउन नमिल्ने र धनगढी वा नेपालगञ्जमा भर्नुपर्ने भए पनि जिम्मेवार व्यक्ति कोही नभएकाले खाली सिलिण्डर बझाङ पुर्याइएको सांसद विकले बताइन्। काठमाडौंबाट जिल्लाका लागि पठाउन...