बाढी–पहिरोले क्षति गरेका संरचनाको पुनर्निर्माण कार्ययोजना तीन दिनभित्र तयार पारिने

काठमाडौं। बाढी–पहिरोले क्षति गरेको सार्वजनिक पूर्वाधार र संरचनाको पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धि कार्ययोजना तीनदिनभित्र सरोकारवाला निकायले तयार पार्ने भएका छन्। गृहमन्त्री विष्णुप्रसाद पौडेलेका अध्यक्षमा आज बसेको विपद् व्यवस्थापनसम्बन्धी बैठकमा सरोकारवाला निकायहरुले उक्त प्रतिबद्धता जनाएका हुन्। बैठकमा मन्त्री पौडेलले विपद्बाट हुन सक्ने जनधनको क्षतिलाई कम गर्न खोज,उद्धार र राहतका कामहरु समन्वयात्मक र प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने बताएका थिए।

सम्बन्धित सामग्री

एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना बनाइँदै

काठमाडौं : यो वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायले गर्नुपर्ने कार्य उल्लेख गरी ‘एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ तयार गरिने भएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७ औं बैठकले त्यस सम्बन्धी तयारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिम्मेवारी दिएको छ।बैठकले ०७८/७९ मा गएका भूकम्पहरूबाट पूर्

एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरिने

काठमाडौँ – यस वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायहरुले गर्नुपर्ने कार्यहरुसमेत उल्लेख गरी एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरिने भएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले त्यससम्बन्धी तयारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिम्मेवारी दिएको […]

मनसुनसम्बन्धी कार्ययोजना लागू

सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ लागू गरेको छ । प्रदेशमा बाढी, पहिरो, चट्याङ, डुबानलगायतका विपत्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रदेश सरकारले सो कार्ययोजना लागू गरेको हो ।

विपत् पूर्वतयारी कार्ययोजना पारित

सुनसरी, जेठ ३१ । मनसुन भित्रिएसँगै देशव्यापी वर्षा सुरु हुन लाग्दैछ । त्यससँगै बाढीपहिरोका घटना पनि हुन थालेका छन् । यस वर्ष औसतभन्दा बढी वर्षा हुने र त्यसबाट २० लाख जनसङ्ख्या र चार लाख २१ हजार घरधुरी प्रभावित हुने पूर्वानुमान गरिएको छ । यस सन्दर्भमा मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारले पूर्वतयारी गरेको छ […]

मेलम्चीको कार्ययोजना चाँडो स्वीकृत गरी कार्यान्वयनमा लैजान निर्देशन

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरूपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्ने गरी बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ ।  समितिको शुक्रवार बसेको बैठकले युटिलिटी करिडोरसम्बन्धी विधेयक संसद्मा पेश गर्न पनि निर्देशन दिएको छ । काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा खानेपानी सेवा विस्तारका लागि भइरहेका काममा अरु निकायबाट आवश्यक समन्वय नभएको र खानेपानीका संरचनामा क्षति पुर्‍याएको भन्दै समितिले क्षतिको मूल्यांकन गरी ...

मेलम्चीबाट काठमाडौँमा पानी ल्याउने कार्ययोजना, खर्च साढे २ अर्ब

काठमाडौँ– गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍यायो । क्षति कति भयो भन्ने अझै पनि किटान गर्न सकिएको छैन । संरचनाको मर्मत कहिलेसम्ममा हुन्छ भन्ने थाहा छैन । यस्तो कारणले मेलम्चीको पानी काठमाडौँ आउने अनिश्चित देखिन्छ तर मेलम्ची खानेपानी आयोजनाले अस्थायीरूपमा काठमाडौँमा पानी ल्याउने कार्य योजना बनाएको छ । आयोजनाले कार्ययोजना […]

मेलम्ची मर्मत गर्न आयोजनाले माग्यो अढाई अर्ब

काठमाडौं : बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाले सरकारसँग अढाइ अर्ब रुपैयाँ मर्मत खर्च माग गरेको छ।चैत महिनासम्ममा अस्थायी रुपले काठमाडौं उपत्यकाभित्र पानी भित्र्याउने उद्देश्यसहित आयोजनाले अढाइ अर्ब खर्च अनुमानसहित मन्त्रालयमा कार्ययोजना पेश गरेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जानकारी दिए।उक्त कार्ययोजना प्रस्तावमाथि छलफल गरी योजना अघि सारिने उनले जानकारी दिए। उनले भने,‘आयोजनाले मर्मतका लागि अढाइ अर्ब खर्च लाग्ने अनुमानसहित यहाँ कार्ययोजना पेश गर

तेस्रो लहर नियन्त्रण गर्न सुर्खेतमा यस्तो छ कार्ययोजना

जिल्ला कोभिड व्यवस्थापन समिति सुर्खेतले सम्भावित कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना तयार गरेको छ । कोभिडको पहिलो र दोस्रो लहरले बढी क्षति पुर्याएपछि तेस्रो लहरलाई पहिले नै रोकथाम गर्न कर्णाली प्रदेशमै जिल्लाले पहिलोपटक कार्ययोजना तयार गरेको हो । कार्ययोजनामा कोभिडको तेस्रो लहर आएमा कुन कार्यालयले के काम गर्ने भनेर स्पष्ट योजना …

विपतबाट हुने क्षति न्यूनीकरणमा जुट्न कर्णालीका सिडियोहरूलाई निर्देशन

सुर्खेत : कोरोना महामारी नियन्त्रण तथा विपद् न्यूनीकरणमा जुट्न कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारी (सिडियो) हरूलाई प्रदेश सरकारकी आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले निर्देशन दिएकी छन्।बुधबार दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सँगको भर्चुअल बैठकलाई सम्बोधन गदैँ मन्त्री नेपालीले यस्तो निर्देशन दिएकी हुन्। ‘प्राकृतिक विपद्बाट कर्णालीमा बर्सेनि लाखौँ धनजनको क्षति हुँदै आएको छ’ मन्त्री नेपालीले भनिन्, ‘अब विपद् न्यूनीकरणका लागि जिल्लादेख