सुन्दर इराकका लागि टाइग्रिस नदीको सरसफाई अभियान शुरु

एजेन्सी । इराकको राजधानी बगदादलाई छुट्याउने टाइग्रिस नदीको किनार सफा गर्न युवाहरुको समूहले अभियान शुरु गरेको छ नदीलाई सफा, स्वस्थ र अझ सुन्दर इराक बनाउन सरसफाइको कार्यक्रम अघि बढाएको बताइएको छ । दशकौंको द्वन्द्व र वर्षौंको राजनीतिक र आर्थिक उथलपुथलमा रुमल्लिएको लामो समयपछि यो अभियान शुरु गरिएको हो । यो अभियान पहिलो र अन्तिम नभएको […]

सम्बन्धित सामग्री

डेङ्गी रोकथामका लागि सफाईमा जुटे मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान शुरु गरेको छ।

डेङ्गी रोकथामका लागि सफाईमा जुटे मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान शुरु गरेको छ।

जलकुम्भी हटाउन फेवातालको मुहान क्षेत्रमा १५ दिने अभियान

फेवातालको जलकुम्भी हटाउन तालको मुहान क्षेत्रमा १५ दिनसम्म दैनिक सरसफाई गरिने भएको छ। जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो।

जलकुम्भी हटाउन फेवातालको मुहान क्षेत्रमा १५ दिने अभियान

फेवातालको जलकुम्भी हटाउन तालको मुहान क्षेत्रमा १५ दिनसम्म दैनिक सरसफाई गरिने भएको छ। जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो।

भोजपुरमा पूर्ण सरसफाईको दोश्रो चरणको कार्यक्रम शुरु

भोजपुर । भोजपुर जिल्लामा पूर्ण सरसफाईको दोश्रो चरणको अभियानको शुरुआत गरिएको छ । यसअघि खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको भएपनि सरसफाइको थप निरन्तरताका लागि दोश्रो चरणको काम थालनी गरिएको हो । यस वर्षबाट खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले दोश्रो चरणको पूर्ण सरसफाई अभियान अघि बढाएको छ । सरसफाईको कार्यक्रमलाई निरन्तरता दिनको लागि स्थानीय तह […] The post भोजपुरमा पूर्ण सरसफाईको दोश्रो चरणको कार्यक्रम शुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरा महानगरका प्रमुख भन्छन्: फेवातालको सरसफाई सबैको ड्युटी

हिउँद लाग्नै थाल्दा फेवातालमा जलकुम्भी देखिन थालेको छ। वर्षायाममा देखिने जलकुम्भी यतिबेला दशैंको छेकोमा परेको पानीले मौलाउन शुरु भएको हो। जलकुम्भी झार न्युनिकरणको लागि महानगरपालिकाले केहीदिन यता अभियान नै शुरु गरेर सरसफाई गरेको छ।...

बनेपामा फुटपाथको अवरोध हटाउन शुरु

काभ्रे । दश वर्ष अघि शुरु भएको बनेपा नगरपालिकाले निर्माण गरेको फुटपाथको अवरोध हटाउने अभियान फेरी शुरु भएको छ । निरन्तरको अभियान असफल भएसँगै बनेपा नगरपालिकाले पुनः दिर्घकालिन रुपमा फुटपाथ ब्यवस्थित गर्ने तथा नगर सरसफाईमा जोड दिने उदेश्यले अभियान शुरु गरेको हो । ‘हामी निर्वाचित हुनु अघि सार्वजनिक गरेको घोषणापत्रमा नगरको सरसफाई तथा फुटपाथलाई प्राथमिकतामा […]

नेपाली सेनाको अगुवाइमा अघि बढ्दै हिमाल सरसफाई अभियान - २०२२

जेठ ५, काठमाडौँ  । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा शुुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको उक्त अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि  सहकार्य गरेका छन् । उक्त क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक १ हजार १०० आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका ती चार ओटा हिमालमा आरोही सँग–सँगै ठूलो मात्रामा फोहोर पनि भित्रिने गरेकोले हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको बताइएको छ । फोहोर व्यवस्थापन गर्नका लागि गत अप्रिल ५ बाट शुरु गरिएको हिमाल सरसफाई अन्तरगत हालसम्म चार ओटा हिम–शृंखलाहरुबाट २९ हजार ९९८ केजी (५ हजार २०४ केजी कुहिने र २४ हजार ७९४ केजी नकुहिने) फोहोर संकलन भइसकेको छ । ती फोहरहरुमा रित्तो अक्सिजन क्यानिस्टरहरु, पाल, खानेकुराका कन्टेनरहरु, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन् । अभियानलाई तीव्रता दिंदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य रहेको नेपाली सेनाले बताएको छ । अभियानको बारेमा सेनाका क्याम्पेन डिरेक्टरले अत्यधिक प्रतिकुल मौसम, चोट–पटकको सम्भावना र उच्च जोखिम भएकोले गर्दा हिमालको यात्रा चुनौतिपूर्ण रहेता पनि अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गरिरहेको बताएका छन् । नेपाली सेना र विभिन्न सरोकारवालाहरुको अगुवाईमा सञ्चालित हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियानमध्यको एक हो  ।  तेस्रो संस्करणको उक्त अभियानमा कोका–कोला फाउन्डेसन लगातार तीन वर्षदेखि प्रमुख साझेदार रहेको छ । हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्यसहित सञ्चालित अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा सम्पन्न गरिने पनि नेपाली सेनाले बताएको छ ।

काठमाडौंको फोहोर आफै सिसडोलसम्म पुर्याउन नागरिक अभियान सुरु

काठमाडौं। लामो समय काठमाडौं उपत्यकाबाट फोहोर नउठेपछि नागरिकहरुले आफै फोहोर लगेर सिसिडोलमा फाल्ने अभियान शुरु गरेका छन्। राज्य जनताप्रति उत्तरदायी नभएकाले अभियान शुरु गर्न परेको विश्व सरसफाई अभियन्ता राज मानवले बताए। लामो समय फोहोर व्यवस्थापन नहुँदा उपत्यका दुर्गन्धित भएकाले नागरिकस्तरबाटै सरसफाइको अभियान शुरु गरिएको हो।