लन्डन । बेलायतमा कोरोना विरुद्धको खोप अभियान व्यापक सफल भएको बताउँदै आएको सरकारले अब युवाहरुलाई खोप लगाउन प्रेरित गर्ने अभियान शुरु गर्ने बताएको छ ।सरकारले युवाहरुलाई खोपप्रति सकारात्मक बनाउँदै उनीहरुलाई खोप लगाउने अभियान अबको प्राथमिकता रहेको जनाएको छ ।१६ देखि २९ वर्षबीचका ८ जनामध्ये एक जनामा खोपसम्बन्धी नकारात्मक धारणा पाइएको राष्ट्रिय तथ्यांकको कार्यालयले गरेको अनुसन्धानले देखाइरहँदा उनीहरुलाई प्रेरित गर्न लागिएको हो ।विशेषगरि काला जातिमा खोप सम्बन्धि बढी नकारात्मक धारणा रहेको पनि अनुसन