काठमाण्डाै - आज एमाले नेतृ सहाना प्रधानको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ८ वर्षअघि २०७१ साल असोज ६ गते आजकै दिन उहाँको निधन भएको थियो ।
पहिले शिक्षक समेत रहेकी प्रधान २००९ सालमा नेपालबाट स्नातक तहको परीक्षा दिने ७२ जना परीक्षार्थीमध्ये एकमात्र महिला हुनुहुन्थ्यो । उहाँ राणा शासनकालमा महिलाले पनि पढ्न पाउनु पर्छ भन्ने पक्षमा आवाज उठाउने सक्रिय अगुवा हुनुहुन्थ्यो ।
महिलाको ३३ प्रतिशत सहभागिताका लागि पार्टीभित्र, महिला विभाग, महिला सुरक्षा दबाब समूह, दलीय संरचनामा महिलालाई सशक्त बनाउन उहाँको भूमिका...