खोटाङ केन्द्रबिन्दू भएर ६ म्याग्निच्युडको भूकम्प

काठमाडौं : खोटाङ  केन्द्रविन्दू भएर ६  म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मात्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १४ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो।भूकम्पको धक्का पूर्वका अधिकांश जिल्ला र  काठमाडौं उपत्यकाका तीनै जिल्लामा पनि महशुस गरिएको थियो।  गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।

सम्बन्धित सामग्री

नुवाकोट केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो ।गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो

खोटाङ भूकम्प अपडेट : एक घर ढले, ४७ घर चर्किए

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र विन्दु बनाएर गएको ६ मेग्नेच्युडको भुकम्पले हालसम्म ४७ वटा घर चर्किएका छन भने एक घर भत्किएको छ । भूकम्पको केन्द्रबिन्दु मानिएको मात्तिमविर्तामा मात्र ४५ घर चर्किएको वडाध्यक्ष जीवन न्यौपानेले बताए । मानवीय क्षती नभए पनि मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बस्नै नमिल्नेगरी चर्किएको छ […] The post खोटाङ भूकम्प अपडेट : एक घर ढले, ४७ घर चर्किए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

थामिँदै पराकम्प, बढ्दै भूकम्प

पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए । यसअघि करिब दुई वर्षअघि सोलुखुम्बु केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता चार रेक्टर स्केल आसपासका भूकम्प र पराकम्प बारम्बार गइरहेका थिए ।पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२

खोटाङ भूकम्प : घर सामान्य चर्किए, मानवीय क्षति भएन

खोटाङ : खोटाङको साकेला गाउँपालिका‍-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर आइतबार बिहान भएको भूकम्पले केही घरहरू भत्किएका छन्। भूकम्पले कुनै मानवीय क्षति नभएपनि केही घर भत्किएको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख (डिएसपी) उमेश लम्सालले बताए।भूकम्पले मानवीय क्षति भने नभएको उनले बताए। उनले भने, ‘भूकम्पको धक्का राम्रै महसुस भएपनि मानवीय र कुनै चौपायाको क्षति भएको छैन। केन्द्रविन्दु वरिपरी घरहरु सामान्य चर्किएका छन्, तर भत्किएको छैन। के कती घर चर्किए भन्ने विषयको हामी खोजी गरि

खोटाङ भूकम्प : इपिसेन्टरमै क्षतिको सूचना छैन

१५ साउन, काठमाडौं । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गए पनि अहिलेसम्म क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार क्षति पुगे/नपुगेकोबारे बुझ्ने क्रम जारी रहे पनि अहिलेसम्म त्यस्तो कुनै विवरण प्राप्त भएको छैन । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले पनि हालसम्म क्षतिको विवरण नआएको बताए । उनका अनुसार कतैबाट सूचना […]

खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडौँ – खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ : १४ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिए‍ । भूकम्पको धक्का खोटाङ, काठमाडौँसहित पूर्वी नेपालका धेरै ठाउँमा महसुस गरिएको छ । […]

खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प, थप विवरण आउन बाँकी

काठमाडौँ । खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८ : १३ बजे भूकम्प गएको हो। भूकम्पले पूर्वी पहाडी जिल्लामा एक मिनेट ३ सेकेण्डसम्म हलाएको भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद कोइरालाले बताए । पूर्वी नेपालसहित भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो। […]

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

काठमाडौंं । काठमाडौं उपत्यकामा आज आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको हो । काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट कुनै क्षति भए नभएको विवरण आउन बाँकी छ ।

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि गरे । ‘खोटाङको मार्तिम बिर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको छ’, उनले रातोपाटीसँग भने । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो ।  मोरङ र खोटाङमा ठूलै धक्काको महसुस गरिएपनि अहिलेसम्म क्षतिको विवरण प्राप्

खोटाङ केन्द्रविन्दु भएर भूकम्प

खोटाङको खार्मी केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले खोटाङको खार्मी आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईका अनुसार सो भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको अनुमान गरिएको छ । सो भूकम्पबारे आवश्यक अनुसन्धान भइरहेको केन्द्रले जनाएको छ ।