खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प, थप विवरण आउन बाँकी

काठमाडौँ । खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८ : १३ बजे भूकम्प गएको हो। भूकम्पले पूर्वी पहाडी जिल्लामा एक मिनेट ३ सेकेण्डसम्म हलाएको भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद कोइरालाले बताए । पूर्वी नेपालसहित भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो। […]

सम्बन्धित सामग्री

खोटाङ केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । खोटाङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । खोटाङको नातिङ बिर्ता वरिपरि केन्द्र बनाएर  बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ६.० म्याग्निच्युडको भूकम्प गएको छ ।  अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन ।  भारतको नेसनल सेन्टर फर सिस्मोलोजीले भने नेपालको पूर्वी...

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

काठमाडौंं । काठमाडौं उपत्यकामा आज आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको हो । काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट कुनै क्षति भए नभएको विवरण आउन बाँकी छ ।