अभियान टिप्पणी : हरेक वर्ष लगानी वर्ष

नेपाल उद्योग परिसंघले अर्थमन्त्री प्रकाशशरण महतलाई भेटी आगामी ५ वर्षलाई लगानी वर्ष घोषणा गर्न सुझाव दिएको छ । मुलुकलाई आर्थिक रूपान्तरण गर्न ठूलो परिमाणमा लगानी चाहिएको सन्दर्भमा केकस्ता उपाय अपनाउँदा उपयुक्त हुन्छ भनेर विभिन्न सुझाव दिनु सही नै हो । त्यसमाथि पनि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्सजस्ता निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाले दिने सुझावले विशेष महत्व राख्ने गर्छ । यद्यपि सरकारले यस्ता सुझावलाई निकै कम महत्व दिने गरेको छ । तर, अहिले परिसंघले ५ वर्षलाई लगानी वर्ष घोषणा गर्ने जुन सुझाव दिएको छ त्यो भने खासै अर्थपूर्ण देखिँदैन किनकि अहिले मुलुकलाई हरेक वर्ष थप लगानीको आवश्यकता छ ।  कुनै १ वर्षलाई कुनै एक क्षेत्रमा विशेष प्राथमिकता दिन विशेष वर्ष घोषणा गरी अभियान सञ्चालन गर्ने गरिएको छ । नेपालमा यस्ता कार्यक्रमको प्रभावकारिता भने उत्साहजनक देखिएको छैन । वार्षिक कार्यक्रमकै कार्यान्वयन फितलो भएको अवस्थामा यस्ता कार्यक्रम प्रभावकारी नहुनु सामान्य नै हो । लगानीका लागि कुनै अवधि तोकेर कार्यक्रम ल्याउनु जरुरी छैन । लगानीमैत्री वातावरण बनाएर धेरैभन्दा धेरैलाई लगानी गर्न उत्प्रेरित गर्नु आवश्यक छ ।  विकसित मुलुकहरूले समेत लगानी बढाउन अनेक कार्यक्रम ल्याइरहेका हुन्छन् । त्यसका लागि कुनै अवधिको विशेष अभियान चलाएको पाइँदैन । यस्तो अभियान चलाएर लगानी बढी भित्रिने पनि होइन । अतः लगानीलाई प्रोत्साहन गर्न हरेक वर्ष उत्तिकै सक्रिय र सचेत हुन जरुरी देखिन्छ ।  हो, कुनै खास क्षेत्रमा मात्रै लगानीका लागि अभियान सञ्चालन गर्न सकिन्छ । जस्तै ५ वर्ष जलविद्युत् क्षेत्रलाई उच्च प्राथमिकता दिन सकिन्छ । अथवा ५ वर्ष खास खास उद्योगलाई उच्च प्राथमिकता राखेर प्रोत्साहित गर्न सकिन्छ । यस्तो विशेष अभियान प्रभावकारी बन्न सक्छ । तर, भ्रमण वर्ष भनेर विशेष अभियान चलाउँदा पर्यटक बढेजस्तो लगानी वर्ष मनाउनु व्यावहारिक देखिँदैन ।  परिसंघले कसरी लगानी बढी भित्याउन सकिन्छ भनेर चासो राख्नु र सुझाव दिनु उपयुक्त हो । उसले उठाएका सबै विषय जायज छन् तर ५ वर्ष लगानी वर्ष भनेर मनाउनुचाहिँ परिणाममुखी हुने सम्भावना कमै देखिन्छ । 

सम्बन्धित सामग्री

फेसबुकमा टिप्पणी गर्ने कर्मचारीलाई कारवाहीको माग

दाङ- नेपाल निजामती कर्मचारी संगठन, गढवा गाउँपालिकाले सामाजिक सञ्जाल फेुसबुकमार्फत् टिप्पणी गर्ने एक कर्मचारीलाई कारवाहीको माग गरेको छ । गाउँपालिका योजना शाखा प्रमुख प्रेमप्रकाश दाहालले फेसबुकमार्फत् गरेको टिप्पणी बारे यथार्थ छानविन गर्न कर्मचारी संगठनले माग गरेहो हो । यसका साथै, उक्त घटनाबारे यथार्थ पत्ता नलाग्दासम्म उनलाई जिम्मेवारीबाट अलग गर्नसमेत माग राखिएको छ। शाखा प्रमुख दाहालले […]

चीनको टिप्पणी- इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ छ

चीनले गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ ।

इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको चीनको टिप्पणी

चीनले गाजामा इजराइलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ।

विश्वप्रकाशको टिप्पणी : कांग्रेस एम्बाप्पे भयो, कप अर्कैले लग्यो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्वकप फुटबलमात्र भएको टिप्पणी गरेका छन् । पोखरामा चलिरहेको लिटरेचर फेस्टिबलमा शर्माले सो टिप्पणी गरेका हुन् । उनले फ्रान्सका केलियन एम्बाप्पेले सर्वाधिक गोल हानेजस्तै कांग्रेसले मंसिर ४ को चुनावमा धेरै सिट जितेर उपाधि गुमाउनु परेको टिप्पणी गरेका छन्। उनले भने, ‘अस्ती विश्वकप भएको थियो नि, सबैभन्दा बढी […]

कांग्रेसले सहमति तोडेको प्रचण्डको सचिवालयको टिप्पणी

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले कांग्रेसले सहमति तोडेको टिप्पणी गरेको छ । सत्ता सहकार्यको लागि कांग्रेस र माओवादीबीच सहमति हुन नसकिरहेको बेलामा दाहालको सचिवालयले यस्तो टिप्पणी गरेको हो । दाहालको स्वकिय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत कांग्रेसको नाम उल्लेख नै नगरी यस्तो टिप्पणी गरेका हुन् । उनले ट्विटरमा […]

अस्वाभाविक चिनियाँ टिप्पणी

चीनले निरन्तर यसरी नेपाल र यसका मित्र मुलुक अमेरिकाका बारेमा टिप्पणी गर्दा परिस्थिति थप जटिल बन्दै गएको छ। शान्त कूटनीतिको माध्यम उपयोग गर्दै आएको चीनको यो आक्रामक व्यवहार स्वाभाविक देखिएको छैन।...

एमालेको टिप्पणी : राष्ट्रिय सभाको चुनावमा हारेर पनि जितियो

नेकपा एमालेको प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियसभा सदस्य निर्वाचनमा हारेर पनि जितेको टिप्पणी गरेका छन् । बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा चुनावी परिणामपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीको सम्बोधनमा कोमल वलीको यस्तो टिप्पणी

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् ।प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाएका थिए ।त्यसका टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुन भनेकी छन् । ‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना, न कुनै भविष्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कही पुर्‍याउँदैन,’ उनले भनेक

माधव नेपालको टिप्पणी : थाक्नेहरू थाकिरहन्छन्, मेरो गुनासो छैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले क्रान्तिकारी पार्टी गठन गर्ने प्रयासबाट अन्तिममा छाड्नेहरूप्रति कुनै गुनासो नरहेको टिप्पणी गरेका छन् । नयाँ दल दर्तापछि पहिलो पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले अन्तिम समयमा आएर आफ्नो साथ छोड्नेहरूप्रति यस्तो टिप्पणी गरेका हुन् ।‘क्रान्तिकारीहरु कहिल्यै थाक्दैनन्, तर थाक्नेहरू थाकिरहन्छन्, त्यस्ताहरुप्रति मेरो कुनै गुनासो छैन’ अध्यक्ष नेपालको भनाइ छ । गत चैत ४ र ५ गतेको भेलाले नै नयाँ क्रान्तिकारी पार्टी बनाउने अठोट गरेको

बजेटप्रति सरोकारवालाको टिप्पणी

अर्थमन्त्री विष्णु पौडेलले शनिबार अध्यादेशमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटप्रति निजी क्षेत्र उत्साहित देखिएको छ भने पूर्वअर्थमन्त्रीहरूले यथार्थपरक नभएको टिप्पणी गरेका छन्।...