नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको स्पष्ट पारेको छ । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।समाचार प्रकाशन भए पश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो । प्रवक्ता राजेश जोशीले कम्पनीका सम्बन्धित विज्ञहरुबाट व