चालू आर्थिक वर्षको सात महिनासम्ममा वैदेशिक लगानी प्रतिवद्धता उत्साहजनक देखिएको छ । वैदेशिक लगानीका लागि प्रवेशद्वार मानिएको उद्योग विभागमा चालू वर्षको सुरुदेखि माघ दोस्रो सातासम्म २८ अर्ब ४१ करोड रूपैयाँको प्रतिवद्धता आएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ गुणाले बढी हो । गत आर्थिक वर्ष (२०७५÷७६) मा कुल २५ अर्ब ४८ करोड लगानी प्रतिबद्धता आएको थियो ।