काठमाडौं । ई–व्यापार संघ नेपालले होम डेलिभरी र ई–वाणिज्यमा लागू सरकारी प्रतिबन्धको आलोचना गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरे पनि जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त मात्रामा ध्यान नदिएकोमा आलोचना गरेको जनाएको हो । संघले हालका प्रतिबन्धहरुमा विशेष गरी काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म खाद्य लगायतका डिपार्टमेन्ट स्टोरहरु खुल्न दिनु र अत्यावश्यक उत्पादनहरूको परिभाषामा कुन