काठमाडौं । ई–कमर्श कम्पनीहरुको साझा संस्था ई–कमर्श संघ नेपालले होम डेलिभरी सेवालाई सहज बनाइदिन सरकारसँग माग गरेको छ । महामारीको समयमा भौतिक दुरी कायम गरी डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै गरिने सुरक्षित होम डेलिभरी गर्न प्रशासनमार्फत आवश्यक समन्वय हुनुपर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।गत वर्षको विषम परिस्थितिमा पनि ई–कमर्स कम्पनीहरुले आम उपभोक्तालाई सुरक्षीत ढंगले सुविधा पुर्याउँदा पुर्याउँदै प्रशासनबाट अवरोध र धरपकडको सामना गर्नुपरेको समेत विज्ञप्तिमा भनिएक