शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति हुन्, माधवकुमार नेपाल । आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भइरहेका बेला उनीविरुद्ध विपक्षी गठबन्धनमा बसेर पदबाट हटाउने निर्णय गर्न सक्ने नेता नेपालको आफ्नै टेकोचाहिँ प्रेम आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ बनेका छन् । शुक्रबार भएको मन्त्रिपरिषद् विस्तार नेकपा (एकीकृत समाजवादी)को तर्फबाट चार जना मन्त्री र एक राज्यमन्त्री बनेकोमा दुई जना आले र श्रेष्ठ पनि परे । मन्त्रिपरिषद् विस्तारमा रामकुमारी झाँक्री, विरोध खतिवडा र राज्यमन्त्रीमा भवानी खापुङ समेटिए पनि विवादित पृष्ठभूमिका आले र श्रेष्ठका लागि त्याग गर्नेमा परे मेटमणि चौधरी जस्ता व्यक्ति ।