वैशाख २५, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको लाभांश परिमार्जन भएको छ ।
नेपाल राष्ट्र बैंकले २० प्रतिशत मात्र बोनस शेयर वितरण गर्न उक्त कम्पनीलाई स्वीकृती दिएको छ । यसअघि कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृतीका लागि राष्ट्र बैंक समक्ष पेश गरेको थियो ।
अव यो बोनस शेयर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कम्पनीको २०७८ माघ २ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।