काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कर्पोरेसनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४६८३.६४ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५१५२ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । चैत्र १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले आर्थिक वर्ष ७७ /७८ को मुनाफाबाट १० प्रतिशत बोनस र ०.५२६ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले चैत्र ३० गते साधारणसभा गर्ने छ ।
चैत १४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सोमवार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।
कम्पनीको १० प्रतिशत बोनस शेयरको मूल्य समायोजनापछि प्रतिकित्ता शेयरमूल्य रू. ४ हजार ६८३ दशमलव ६४ कायम भएको छ । नेप्सेले सोमवार कम्पनीको अन्तिम कारोबार मूल्य रू. ५ हजार १५२ को आधारमा समायोजन गरेको हो ।
कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव गर्नका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा सोल्टी होटल ताहचल काठमाडौंमा अपरान्ह ११ बजे शुरु हुने जानकारी दिएको छ ।
चैत १४, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम आज (सोमवार) रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले चैत १४ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७/७८को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा सोल्टी होटल ताहाचल काठमाडौंमा दिनको ११ बजे गर्ने जानकारी दिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited को लाभांश सुरक्षित गर्ने आज चैत्र १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले आर्थिक वर्ष ७७ /७८ को मुनाफाबाट १० प्रतिशत बोनस र ०.५२६ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले चैत्र ३० गते साधारणसभा गर्ने छ ।
चैत १३, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले चैत १४ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७/ ७८को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा सोल्टी होटल ताहाचल काठमाडौंमा दिनको ११ बजे गर्ने जानकारी दिएको छ ।
फागुन २९, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको फागुन २९ गते ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित उक्त लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको आज आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७ /७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले १० प्रतिशत बोनस र ०.५ प्रतिशत नगद गरि कुल १०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो।
कात्तिक १५,काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनसहित पाँच ओटा अलग - अलग कम्पनीकोे साधारण सभा मंगलवार हुने भएको छ ।
उक्त दिन साल्ट ट्रेडिङ कर्पोरेशन, कुमारी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेण्ट बैंक र शिवम् सिमेण्ट्सले साधारण सभा आयोजना गरेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेशनले बिहान ११ बजे केन्द्रीय कार्यालय कालिमाटीमा साधारण सभा गर्ने जानकारी दिएको छ ।
सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक १६ गतेसम्म बन्द रहनेछ । यस आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
त्यसैगरी शिवम् सिमेण्टस्ले बिहान १० बजे होटल सोल्टीमा साधारण सभा बोलाएको छ । सभाले २९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ८ गते बन्द गरिसकेको छ । यस आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
त्यसैगरी सांग्रिला डेभलपमेण्ट बैंकले बिहान १० बजे लैनचौर ब्याक्वेटमा साधारण सभा गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश कात्तिक ४ गते सम्म कायम शेयरधनीले पाउनेछन् ।
त्यस्तै सिटीजन्स बैंकले प्रधान कार्यालय दरबारमार्गमा साँझ ४ बजे साधारण सभा आयोजना गरेको जानकारी गराएको छ । सभाले १२ दशमलव ९१ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश असोज २१ गते सम्म कायम शेयरधनीले पाउनेछन् ।
त्यसैगरी कुमारी बैंकले बिहान ११ः३० बजे नक्सालस्थित कार्यालयमा साधारण सभा बोलाएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको लाभांश कात्तिक ७ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
कात्तिक २, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६ हजार ५७४ दशमलव १७ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात सोमवार कायम अन्तिम शेयरमूल्य रू. ७ हजार ८८९ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले आव २०७६/७७ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले ५४औं वार्षिक साधारण सभा कात्तिक १६ गते आयोजना गरेको छ । सभा बिहान ११ बजे जुम माध्यमबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १६ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको हो ।सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६ /७७ को मुनाफाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन्। त्यस्तै ऋण लिने प्रस्ताव पनि सभामा पेश हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा कार्तिक १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।