काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताएका छन् । काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना गरेको बृहत् कार्यकता भेलालाई आज सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने धारणा राखे । “पार्टीलाई निष्ठावान, व्यक्तिगत स्वार्थमा कुद्ने नभई पार्टीको आर्दश उद्देश्य र कर्तत्वप्रति निष्ठावान बनाइने छ”, उनले भने, “पार्टी अब अनुशासित र एकताबद्ध हुनेछ ।”