नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता पक्षको एजेन्डाबाट चुनाव जित्ने बताएका हुन् । उनले एजेन्डाविहीन गठबन्धनले नभई देश र जनताका पक्षको एजेन्डाबाट चुनाव जित्ने बताएका हुन् ।
‘चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् । एजेण्डाविहीन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेण्डाबाट नै चुनाव जित्ने हो,’ बुधवार उनले फेसबुकमा लेखेका छन्, ‘अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेहरिस्त बोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ।’ ...