दाङ – दाङमा अक्सिजन अभाव भएको छ । दाङको शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेशनमा अक्सिजनको अभावमा एउटै सिलिण्डरबाट दुई जनालाई अक्सिजन दिनुपर्ने अवस्था छ ।
आइसोलेशनमा कोरोना सङक्रमित बिरामीलाई अक्सिजन सिलिण्डर अभाव भएपछि एउटा अक्सिजन सिलिण्डर र एउटै अक्सिफ्लो मिटरबाट दुई जनालाई अक्सिजन दिनुपर्ने बाध्यता रहेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले बताउनुभयो ।
‘आइसोलेशनमा सङक्रमित बिरामीको चाप धेरै छ र अक्सिजनको अभाव पनि छ’, संयोजक पुनले...