कैलाली । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ की ५० वर्षीया टंकमाया सोडारी रहेकी छन् । शनिबार साँझ कर्णाली नदी किनार सनकट्टीघाटको जंगलबाट निस्केका दुई वटा हात्तीले सोही नदीमा तटबन्ध निर्माणमा मजदुरी गरेर घर फर्किरहेकी सोडारीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । उनीसँगै रहेका दुई जना महिलाले […]