रूसी आक्रमणमा परी युक्रेनमा थप आठको मृत्यु

रूसको हवाई आक्रमणमा परी युक्रेनमा मंगलबार थप आठ जनाको मृत्यु भएको छ। युक्रेनका सैनिकहरूको आधार क्षेत्र रहेको ग्रामिण क्षेत्रमा लक्षित गरी भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको जनाइएको छ।डेसना भन्ने गाउँमा भएको आक्रमणमा परी अरु १२ जना घाइते भएको जनाइएको छ। अहिले आक्रमण भएको ठाउँमा अपवाद मात्रै आक्रमण हुने गरेको थियो।राजधानी किभदेखि ७० किलोमिटर टाढा पर्ने ठाउँमा आक्रमण भएको हो। त्यहाँ ठूलो सैन्य तालिम केन्द्र रहेको थियो। यसअघि युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेन