नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम गाभरमा हिजो (आइतबार) राति बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । राजमार्गको छेउबाटै बाघले ती व्यक्तिलाई झम्टिएर लगेको स्थानीयको भनाइ छ । मृत्यु हुने भारतीय नागरिक हुन् । बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहका अनुसार पूर्वी गाभरमा बाघ देखेपछि स्थानीयलाई पहिल्यै सतर्क गराइएको थियो । […]